सन्दीपविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाइ

इनेप्लिज २०८० भदौ १० गते १२:०८ मा प्रकाशित

काठमाडौँ, क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आइतबार पेसी तोकिए पनि सुनुवाइ हुन सकेन।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो ।

नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो ।

प्रतिक्रिया