अमेरिकाको ओक्लाहोमा उच्च माध्यमिक बिद्यालयमा आयोजना गरिएको अमेरिकी भकुण्डो खेलमा ४ जनालाई गोली प्रहार गरिएको छ । प्रहरीका अनुसार एक अधिअकरिले पनि गोली चलाएको प्रहरीले जनाएको छ ।
ओक्लाहोमामा गत शुक्रबार राति उक्त घटना भएको हो । अधिकारीहरूले राति १० :३० बजे गोली चलेको खबर पाए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।
चक्टा उच्च माध्यमिक बिद्यालय (हाई स्कूल) र डेल सिटी हाई स्कूल (उच्च माध्यमिक बिद्यालय) बीचको खेलमा उक्त घटना भएको चक्टा प्रहरी प्रमुख केली मार्शलले भने।
गोली लागेर घाइते भएकाहरुलाई अस्पताल लगिएको थियो । एक जनालाई अस्पतालबाट रिहा गर्नु अघि उनको तिघ्रामा घाउ लागेकोले उपचार गरिएको थियो ।
गोली काण्डमा पीडितहरू बाहेक एक व्यक्तिको सम्भावित खुट्टा भाँचिएकोले उपचार गरिएको उनले बताए ।
ती मध्ये कम्तिमा एकजना विद्यार्थी थिए तर पीडितहरूको उमेर र अरू मध्ये कोही विद्यार्थी थिए या थिएनन भन्ने बारेमा अनुसन्धान भै रहेको मार्शलले बताए।
प्रहरीले घटनास्थल छोड्ने संदिग्ध पुरुष विवरण प्राप्त भएको तर शुक्रबार साँझ सम्म पनि ति व्यक्तिलाई हिरासतमा नलिईएको मार्शलले भने।
प्रतिक्रिया