काठमाडोै, मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग खेल्दै छ ।
मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
सिरिजको दुई खेल जितेको नेपाल ४ अंक सहित फाइनल नजिक पुगेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो भने बुधबार भएको दोस्रो खेलमा कुवेतलाई हराएको हो ।
आजको खेलमा जीत निकालेमा शीर्ष स्थानमा रहेर नेपाल फाइनल प्रवेश गर्नेछ ।
मलेसिया पनि नेपाललाई पराजित गरेर फाइनल प्रवेश गर्न चाहन्छ । यदि नेपाल शीर्ष दुईमा रहेमा शनिबार फाइनल खेल्नेछ ।
पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि शनिबार नै खेल्नेछन् । नेपालले सोमबारमा थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ ।
नेपालले एसिया क्षेत्र छनोट अगस्ट ३१ देखी ९ सेप्टेम्बरमा ९भदौ १४ देखि भदौ २३ सम्म ० मा मलेसियामा नै खेल्नेछ ।
प्रतियोगितामा एघार टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।
शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् ।
नेपालले पहिलो खेलमा ३१ अगस्टमा मलेसिया तथा दोस्रो खेलमा १ सेप्टेम्बरमा बहराइनसँग खेल्नेछ ।
३ सेप्टेम्बरमा भुटानसँग तेस्रो खेल खेल्ने नेपालले ४ सेप्टेम्बरमा कतारसँग चौथो खेल खेल्नेछ । नेपालले समूह चरणको पाँचौँ तथा अन्तिम खेलमा ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।
प्रतिक्रिया