राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बस्दै

इनेप्लिज २०८० भदौ ६ गते ३:३३ मा प्रकाशित

काठमाडौ, राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक आज बस्दैछ । बुधबार शीर्ष नेताहरूको बैठक बसेर सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने भनिएको शीर्ष नेताको बैठक फेरि बस्न लागेको हो ।

राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन ।​

मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक स्थगित भएको थियो ।

मंगलबार दिउँसो २ बजे बानेश्वरस्थित संसद् भवनमा तोकिएको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी ओली अनुपस्थित भएपछि बैठक आजसम्मलाई स्थगित भएको थियो ।

प्रतिक्रिया