क्यालिफोर्नियामा ५.१ परिमाणको भूकम्प

इनेप्लिज २०८० भदौ ४ गते १:१५ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा ५.१ परिमाण( म्याग्निच्युड) को भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार दक्षिणी क्यालिफोर्नियामा आइतबार दिउँसो अनुसार ५.१ परिमाण (म्याग्निच्युड)को भूकम्प गएको पुष्टि गरेको छ ।

आइतबार दिउँसो अत्यधिक असामान्य गर्मी र समुन्द्री आँधीको लागि तयार हुदै गर्दा यता भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु सान्टा बारबरा र भेन्चुराको बीचमा रहेको थियो । भेन्चुरा काउन्टी शेरिफले सामाजिक संजालमा क्षतिको कुनै तत्काल विवरण प्राप्त नभै सकेको बताए । लस एन्जलस र वरपरका समुदायहरूमा कम्पन महसुस गरिएको थियो ।

लस एन्जलसका अग्नि नियन्त्रण विभागका अनुसार कसैलाई चोटपटक नलागेको र कुनै संरचनात्मक क्षति नभएको जनाईएको छ ।

भ्यालेन्सियाबाट लगभग ५० माइल टाढा भूकम्प लगभग २० सेकेन्ड सम्म रहेको सिएनएनले जनाएको छ । भुकम्प आई सके पछि कम्तिमा पनि ३.१ र ३.६ मापनका पराकम्पनहरु आएका थिए ।

प्रतिक्रिया