कुवेत विमानले डिसेम्बर देखि डिसीबाट नेपाल सस्तो मूल्यमा उडानहरू प्रारम्भ गर्दै

इनेप्लिज २०८० भदौ ३ गते १८:१२ मा प्रकाशित

कुवेत विमानले वाशिंगटन डिसीबाट सस्तो मूल्यमा आफ्ना उडानहरू प्रारम्भ गर्ने भएको छ । जेनट्राभल्सले दिएको जानकारी अनुसार डिसेम्बर महिना देखि वाशिंगटन डिसीबाट आफ्नो नयाँ उडान सुरु गर्न लागेको हो ।

वाशिंगटन डिसी हुदै काठमान्डू सम्म नयाँ उडानहरु संचालनमा ल्याउने भएको छ । डिसेम्बर १५,२०२३ देखि उडानहरू सुरु हुनेछन । अमेरिकाको राजधानी वाशिंगटन डिसीबाट काठमाडौंको अधिकांश भाडा प्रारम्भिक टिकट मूल्य १,७०६ डलर देखि २१,०० डलर (कर सहित) बीच निर्धारण गरिएको छ ।

कुवेत बिमानले क्रिसमस अवधिको लागि अविश्वसनीय रूपमा कम मूल्यहरू प्रदान गरेको छ । यदि डिसेम्बर २७,२०२३ पछि प्रस्थान गरिने हो भने भाडा लगभग १२५० डलर मात्र हुने अनुमान गरिएको छ।

अन्य एयरलाइन्स(बिमानसेवा )को तुलनामा कुवेतको काठमाडौं उडान सीमित छ । डिसीबाट बुधवार र शुक्रबार मात्र उडानहरु उपलब्ध रहेका छन । काठमाडौंबाट फिर्ता उडानहरू विशेष रूपमा शुक्रबार मात्र रहेका छन् ।

कुवेत सिटी(शहर)मा उडान ट्रान्जिट(पारवहन) लगभग ६ घण्टा १५ मिनेट रहने छ । तर फर्कनको लागि केवल ७५ मिनेट मात्र राखिएको छ ।

डिसीबाट कुवेत बिमानका प्रस्थानहरू बुधबार र शुक्रबार मात्र उपलब्ध रहेका छन । जेन ट्राभल्सका अनुसार डिसेम्बर महिनामा १५,२०,२२,२७ र २९ मा डिसीबाट काठमाडौँ जान सकिनेछ ।

तर फिर्ता हुन् चाहना राख्नेहरुले शुक्रबार मात्र फर्कन पाउने भएकोले डिसेम्बर ३०, जनवरी ६,१३ ,२० र २७ मा उताबाट फर्कन सक्नेछन ।

कुवेत एयरवेजले यस वर्षदेखि काठमाडौं उडान पुनः सञ्चालन गरेको छ । बिस्तृत जान्न २४ सै घण्टा जेन ट्राभल्सलाई यो संख्यामा 202-552-1508 सिधै सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया