अमेरिकामा नेपाली समाजलाई एकताको सुत्रमा बांध्ने काम सामुदायिक केन्द्र र मन्दिरहरूले गर्दै

इनेप्लिज २०८० भदौ ३ गते १३:२३ मा प्रकाशित

परशुराम भण्डारी

आध्यात्मको बाटोबाट समाजलाई जोड्ने अभियानमा अमेरिका लगायत पश्चिमा मुलुकहरु अहिले अगाडि बढेको देखिन्छ । नेपालीहरूको जनसंख्या बढ्नुका साथै अध्यात्म प्रतिको आकर्षण पनि बढ्दै गएको छ । यही सन्दर्भमा छरिएर रहेको नेपाली समाजलाई एकताको सुत्रमा बांध्ने काम सामुदायिक केन्द्र र मन्दिरहरू ले गरेको छ ।

अमेरिकाका ठूला राज्यहरू जस्तो कि भर्जिनिया , न्यूयोर्क, टेक्सास , ओहायो , पेन्सेलभेनिया , नर्थ क्यारोलेना, मेरिल्याण्ड, बाल्टीमोर , कोलोराडोमा विगत केही वर्षहरुमा नेपालका आध्यात्मिक अभियानका अभियन्ता बाचन शिरोमणि पं दिनबन्धु पोखरेलबाट श्रीमद्भगवत महापुराण पारायण गर्ने कार्यहरु सम्पन्न भएका थिए।

जसका कारण ती ती राज्यहरूमा निर्माणको अभियान पनि सुरु भइसकेको कहीं हुँदै गरेको अवस्था छ । २०१९ सालमा अमेरिकाको राजधानी नजिकै रहेको राज्य भर्जिनियामा पंण्डित दीनबन्धु पोखरेल ज्युले पारायण गर्नुभएको श्रीमद्भगवत महापुराण सप्ताहमा अत्याधिक नेपालीहरूको सहभागिता रहेको थियो । यसको एक वर्ष नबित्दै त्यो क्षेत्रका नेपालीहरुले १७ लाख डलरमा एउटा भवनसहित मन्दिर बनाउन को लागि हुने जमिन समेत खरिद गरिसकेका छन् ।

बाल्टिमोरमा मन्दिर सञ्चालनमा आए सकेको छ , बोस्टनमा भवनसहित मन्दिर सुरु भइसकेको छ । मेरिल्याण्डको जर्मन टाउनमा मन्दिरको लागि घर समेत भएको विशाल जमिन खरिद गरिसकिएको छ । क्यालिफोर्नियाको लस एन्जलसमा मन्दिर सञ्चालन भइरहेको छ । टेक्सासको डालसमा विशाल क्षेत्रफलमा नेपालीहरुले नेपाली मन्दिर निर्माणर सामुदायिक केन्द्र निर्माण गरेर नेपाली कार्यक्रमहरु सञ्चालन गरिरहेका छन ।

त्यसरी नै न्यूयोर्कमा भर्खरै मन्दिर र सामुदायिक केन्द्रको लागि जमिन खरिद गरिसकिएको छ । नर्थ क्यारोलिनामा पनि सामुदायिक केन्द्र र मन्दिर सुरु भइसकेको छ । त्यसैगरी भूटानबाट अमेरिका आउनु भएका नेपाली भाषी नेपालीहरूले ओहायो राज्यमा १५० एकड जमीन खरीद गरेर नेपाली मन्दिर र सामुदायिक केन्द्र निर्माणको अभियानमा जुटेका छन भने पेन्सेलभेनियाको हेरिसबर्गमा मन्दिरको लागि एउटा भवन खरीद गरेर कार्यक्रम शुरू भैसकेको छ ।

यिनै कुराहरु बाट प्रभावित भएर अहिले जर्जियामा रहेका नेपालीहरूले २०२३ साल नोभेम्बर ५ देखि नोभेम्बर ११ सम्म नेपाली कल्चर सेन्टर जर्जियाको आयोजनामा श्रीमद्भागवत महापुराण सुरु हुन गरिरहेको छ ।

उक्त भागवत महापुराण संचालनको लागि अगस्त ६, २०२३ मा औपचारिकरुपमा “एन आर एनजर्जिया च्याप्टर “, “अनेसास जर्जिया “, “मा”“ नाग”लगायत संस्थाहरुले महापुराण सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उक्त कार्यक्रममा एनसीसीका अध्यक्ष सिएन घिमिरे , वरिष्ठ उपाध्यक्ष राजु थापा समाजसेवी सिके पराजुली ,एनसीसीका पूर्वअध्यक्ष डा प्रल्हाद पन्त , नेप्लिज एशोसियशन अफ जर्जियाका अध्यक्ष बिनोद थापा , उपाध्यक्ष बिमल रेग्मी , मा सस्थाका अध्यक्ष जयनारायण साह , अनेसासका अध्यक्ष मिरा कोइराला ,सन्चारकर्मी प्रेम बानिया , लगाएत विभिन्न ब्यक्तिहरूको सहभागिता थियो।

महापुराणलाई सफल रुपमा सञ्चालन गर्नका लागि २१ सदस्यीय कमिटी तथा ३०१ जनाको मूल पूजा आयोजक कमिटी समेत गठन गरिएको छ । उक्त महापुराण को बारेमा यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर लामो समय भर्जिनियामा बसेर अहिले जर्जियामा नै बसाइ सर्नुभएका हाल एनआरएन जर्जियाका सचिव कृष्ण पराजुलीले महापुराणको माध्यमबाट मात्रै नेपाली समाजलाई जोड्न सकिने र सामुदायिक केन्द्र र मन्दिर बनाउनका लागि आवश्यक रकम संकरण गर्न सकिने जानकारी समेत गराउनुभएको छ ।

त्यसैगरी यो कार्यक्रमलाई अत्यन्त सफलताका साथ सम्पन्न गर्नका लागि एन आर एन जर्जिया च्याप्टर अध्यक्ष कपिल शरण वाग्लेले अत्यन्त महत्वका साथ आफ्नो प्राथमिकतामा राख्नु भएको छ । जर्जियामा रहनु भएका सामाजिक अभियन्ताहरूको नर्थ क्यारोलाइनामा भएको महापुराणको समयमा समेत सहभागी बन्नु भएको थियो । उक्त कार्यक्रममा कृष्ण पराजुली , सि के पराजुली कपिल वाग्ले , मोहन तिमिल्सिना लगायत समाजका अन्य बिशिष्ट महानुभाबहरूको समेत सहभागिता रहेको थियो ।

जर्जियामा हुन लागिरहेको महापुराणमा अमेरिकाका धेरैभन्दा धेरै राज्यहरुबाट भक्तजनहरूको उपस्थित हुने कुरामा आयोजकहरु ढुक्क हुनु भएको छ । तसर्थ यो ऐतिहासिक कार्यक्रममा सवैलाई सहभागि हुनकालागि आयोजकहरुले हार्दिक आह्नान समेत गर्नुभएको छ।

प्रतिक्रिया