खुल्ला पत्र – ताना शर्मा र खगेन्द्र लुंइटेल ज्यु यस्को ऊत्तर छ तपांई संग ?

डा.गोबिन्दसिंह रावत, क्यानडा

इनेप्लिज २०८० भदौ २ गते ०:४९ मा प्रकाशित

डा.गोबिन्दसिंह रावत, क्यानडा

हो, यही हो मैले पाएको ईमेलको शीर्षक । नेपालीका विद्वानले राखेको र नेपाली भाषामा लेखेको शीर्षक । अनि मित्र लेखनाथ भण्डारीले म लगायत उत्तर अमेरिकाको पहिलो सामुहिक कविता संग्रह “ उत्तर अमेरीकाका नेपाली कवि र कविता ” का प्रधान सम्पादक दिवङ्गत वरिष्ठ साहित्यकार डा. ताना शर्मालगायत सम्पाद मण्डलका म लगायत वसन्त श्रेष्ठ, वासु श्रेष्ठ र हेमन्त श्रेष्ठसहीत भूमिका लेखेर कविताका बारेमा आफ्नो बौद्धिक विचार राख्ने प्रा. डा. खगेन्द्र लुंइटेलैलाई पठाउँनु भएको ईमेल । यो ईमेलले मलाई १४ वर्षअघि डोर्याएर पुर्याई दियो । सन् २००९ मा प्रकाशित संग्रहका बारेमा अध्ययन गर्न विद्वान डा.हरिराज भट्टराईलाई यतिका वर्ष लागेकोमा आश्चर्य लागेको छ ।

प्रथमतः विद्वान डा.हरिराज भट्टराईले भूगोलको अध्ययन गर्नु पर्थ्यो । अमेरिका भनेको र उत्तर अमेरिका भनेको अर्थ बुझ्नु भन्दा पनि नक्सा हेर्नु पर्थ्यो । अझ “सेतु कहिले प्रकाशित भयो भन्ने कुरा डा. गोविन्दराज भट्टराईले कन्तिपुरको साहित्य परिशिष्टांक ९साहित्यसम्बन्धी विशेष पृष्ठमा विशद र गहन विवेचना प्रस्तुत गरिसकेका हुन् र सोही विवेचनामा लंडन ९संयुक्त अधिराज्यका कविताको संगालो पनि समेटिएको दुई संग्रहबीच तुलना मीमांसा वौद्धिक र सारगर्भित पनि छरु” भनेर अर्को अल्पज्ञानको परिचय दिन पुगेका छन् । भाषा साहित्यका विद्वान डाक्टर साबको जानकारीको लागि यो लेख पढ्ने अवसर मैले पनि पाएको थिए । यहाँले राम्ररी पढ्नु भएन वा बुझ्नु भएन कुन्नी । तर उत्तर अमेरिकाको पहिलो सामुहिक कविता संग्रह भनेर प्रकाशित भएको “ उत्तर अमेरीकाका नेपाली कवि र कविता ” ले अमेरिका र क्यानडाका कविहरुलाई समेटेको छ । त्यसबेला मेक्सिकोबाट कुनै कवि नपाएर हो नत्र त्यो पनि जोड्ने प्रयासमा थियौं । अर्को कुरा एउटा संग्रहले अमेरिकाका कविहरुलाई समेटेको थियो भने अर्कोले बेलायतका कविहरुलाई समेटेको थियो । दुईवटा संग्रहले दुई राष्ट्रका नेपाली कवि र कविताका बारेमा बोलेको जस्तो लाग्दै न र । फेरी उत्तर अमेरिकाका बारेमा बुझ्न एकपटक गुगल गरेपछि उत्तरी गोलार्ध भित्रको एक महाद्वीप जसलाई अमेरिकाको उत्तरी उपमहाद्वीपको रूपमा पनि वर्णन गर्न सकिन्छ भनिएर लेखिएको पनि छ । अझ यस क्षेत्रमा क्यानाडा, क्यारिबियन, मध्य अमेरिका, ग्रीनल्याण्ड, मेक्सिको र संयुक्त राज्य अमेरिका पर्दछन् भनेर पनि लेखिएको छ । त्यसमाथि हामीले संग्रहको आवरणमा नै उत्तर अमेरिकाको नक्सानै राखी दिएका छौं । अरु के चाहियो र । सेतुलाई अमेरिकाबाट निस्केको पहिलो कविता संग्रह मानिदै आएको छ । यसका लागि डाक्टर भट्टराईको प्रयास सराह्नीय छ । तर अमेरिका र उत्तर अमेरिकाबीचको भिन्नता मअगाडि नै आप्रवासमा आएर नेपाली साहित्यलाई मलजल दिएर आजको अवस्थासम्म पुर्याउने कार्यमा दिलोज्यानले लागेका डाक्टर साबलाई हुनु पर्ने हो क्यारे । हुन त आप्रवासमा लेखिन साहित्यलाई आप्रवासी साहित्य भन्नुको सट्टा जबरजस्ति डायस्पोराको कवज लगाएर नेपाली साहित्य साधना गर्नेहरुले नेपालमा सवारी साधनको नम्बरलाई नेपाली अक्षर हटाएर इम्बोस्डमा अ‍ग्रेजी नम्बर राख्न जोख्दा ताली बजाए जस्तै नबुझीकन विरोध गर्नेहरुको कमी छैन । यसरी आफ्नो भाषा मेटाउन अंग्रेजीको गुलाम बान्नेहरुको बारेमा केही भनेर म शब्द खेर फाल्न चाहन्न पनि ।
प्रसङ्ग फेरी अमेरिकाका कविहरुको संग्रह “सेतु” र उत्तर अमेरिकाका कविहरुको संग्रह “ उत्तर अमेरीकाका नेपाली कवि र कविता ” मा आएर जोडियो । डाक्टर साबले भुगोलसँगै हिसाबमा पनि ध्यान दिनु पर्ला कि ? वहाँ आफै लेख्नु हुन्छ : २००५ मा आफैंले ‘सेतु’ काव्य संग्रह सम्पादन गर्नु पर्‍यो र गरें । यसमा २७ कविका ७४ रचना संग्रहित छन् भनेर त लेखी दिए । मैले सेतु संग्रह खोज्न १२ घण्टा लगाएर त्यसमा रहेको विषय सूचि हेरेर एक कविका दुई कविताको दरले गन्दै गए । ५४ भन्दा मरी गए पनि ५५ भएन भने डक्साबले ७४ कसरी बनाए । भने पछि संग्रहलाई मात्र हैन संख्यामा पनि भ्रम सिर्जना गर्नु भएको रहेछ । सेतुमा भएका कविहरुको नाम यस प्रकारले राखिएको छ । यसमा अमेरिका बाहेक नेपालका कविहरु छन् । तर क्यानडाका कोही पनि छैनन् वा मैले भेटिन । यि नै हुन सेतुका कविहरु : अस्थि साख्वा (हरिहर भट्टराई), उज्ज्वल भट्टराई, कमला सरुप, कोशलेन्द्र, कृष्ण कणेल, खेमनाथ दाहाल, खेमराज दवाडी, जय छाङ्छा, जव बञ्जाडे, टीकाकुमारी पुन, नम्रता गुरागाईँ, नारायण अधिकारी, निरञ्जनमानसिंह रेग्मी, पुरुषोत्तम शर्मा, प्रेम सङ्ग्रौला, भारती गौतम, रमेश खकुरेल, वसन्त थापा, वसन्त श्रेष्ठ, बासु ढकाल, शरद निरौंला, शास्वत पराजुली, शेखर ढुङ्गेल, हरी घिमिरे, हरीश वैदिक, होमराज आचार्य आदि
डाक्साबले पांचजना मिलेर निकालेको काव्य(संग्रह ‘उत्तर अमेरिकाका नेपाली कवि र कविता’९सन् २००९। २०६६० लाई चारजनाको संपादन मण्डलले एक स्वरले पहिलोपटक निस्केको काव्यकृति भएको घोषणा गर्‍यो । ९पृ।३८० जेठा कृति कयौं होलान् । खोज्नैपर्छ । भन्नु भयो । सही हो खोज्नु पर्छ । एकपटक भर्खर जगदम्बा प्रकाशनले निकालेको नेपाली साहित्यको बृहत् इतिहासको नेपालबाहिरको नेपाली साहित्य खण्डको उत्तर अमेरकाको साहित्य पढ्न अनुरोध गर्दछु । अनि हामी बसेर बात मारौं ।

स्मरणीय छ ‘सेतु’९२००५० पछि नै उत्तर अमेरिकाका नेपाली कवि र कविता ९२००९० निस्केको हो भन्नेमा दुई मत नहोला तर एउटा अमेरिकाका कविहरुको संकलिन कविता संग्रह हो भने अर्को उत्तर अमेरिकाका कविहरुको संकलित कविता संग्रह हो भन्ने तथ्यलाई पनि स्मरणीय गर्नु पर्यो हजुर । त्यसैले उत्तर अमेरिकाका नेपाली कवि र कवितालाई पहिलो नै सिद्ध गर्ने आधारहरु यतिनै काफी छैन र ?

यसबारे थप प्रतिबाद गर्न सकिने केहि बुंदाहरु

१। उत्तर अमेरीकाका नेपाली कवि र कविता नामैले प्रष्ट छ कि यो अमेरीकाको मात्र होइन अमेरीका र क्यानडा समेत को हो
२। उत्तर अमेरीकाको पुस्तक प्रकाशित भएको १४ बर्ष भई सकेको छ । प्रधान सम्पादक दिबंगत भएको पनि करीब दुई बर्ष भई सकेको अबस्थामा कुन नैतिकता र धरातलमा टेकेर खुल्ला पत्र लेखेका हुन ।
३ अमेरीकाका कवि र कविता पुस्तक न्युयोर्कमा भब्य समारोहका बीच बिमोचन गरेको बारे बल्ल चौध बर्षपछि मात्र थाहा पाएछन कि ।
४ के कुनैको लहडमा या सनकको भरमा कसैको साहित्यिक देन र ब्यक्तित्वमाथी भ्रम फैलाउँदैमा यस्ता नाजायज प्रश्न खडा गर्दैमा प्रकाशित कृतिको ईतिहास मर्छर।
५ अमेरीकाको सन्दर्भमा सेतु नै पहिलो होला त्यसमा कसैले दाबि बिरोध गरेकै जस्तो लाग्दैन १ तर किन उत्तर अमेरीका कवि र कविता माथी कुदृष्टि लगाएका हुन यो उनको नैतिकताको कमजोर धरातल हो भन्ने दर्शांउछ ।
६. उत्तर अमेरीकालाई पहिलो सिद्ध गर्ने उनले २१ वटा किसिमको आधार देखाएकाछन १ उनलाइ थाहा रै छ त उत्तर अमेरीकाका नेपाली कवि र कविता पहिलो हो। भन्ने किन वाहियातमा दिबंगत भएकाको नाममा खुल्ला पत्र लेखेर
नौटंकी गर्नु पर्यो।
७.। छोप्नु लुकाउनु र गलत जानकारी दिनु अपराध हो भन्दै नियतवस लान्छना लाउने दोष र आरोप लाउनु पनि अपराध हो नि होइन र ।

निष्कर्षमा वहाँले राख्नु भएको यो तलको तर्क वहाँमाथि नै तेर्साई दिएको छु ।
प्रश्न छ के भने भ्रम सिर्जना गर्नु साहित्यिक मार्ग हो रु सत्यता छोप्नै पर्छ आफ्नो कुरा माथि पार्न रु के जनमत जम्मा गरेर पीतललाई सुन भनिदिंदा त्यो सुन भइदिन्छ रु पहिल्लो संग्रहलाई पहिलो भन्ने सम्पादक मण्डलका एक सदस्य त ‘सेतु’ का कवि पनि हुन् रु अव उनको कवि र सम्पादकमाथि प्रश्न चिन्ह उभिन्छ कि रु पहिलो हुन खोज्ने आधार चाहिन्छ । त्यसका लागि त्यो सम्पादक जो सेतुको कवि पनि हो २१ किसिमले पहिलोमा दरिनसक्छ ।

प्रतिक्रिया