देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानून हो : प्रधानमन्त्री दाहाल

इनेप्लिज २०८० भदौ १ गते १३:४९ मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानून भएको बताएका छन् ।

मुलुकी संहिता दिवस, २०८० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

‘‘देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानून नै हो। कानूनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन पुग्दछ।

नेपालको संविधानले अंगीकार गरेका विभिन्न मूल्य मान्यताहरू तथा प्रत्याभूति गरेका हक अधिकारको कार्यान्वयन गर्न पनि विभिन्न कानूनहरू निर्माण भएर कार्यान्वयनमा रहेका छन्’’, प्रधानमन्त्री दाहालले भने ।

प्रतिक्रिया