दाङ, दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ । २९ साउनमा साँझ बंगलाचुली गाउँपालिका–४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाँदा सोही वडाको मैकुटीनिवासी आमाछोरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरी अस्मिता सुनार रहेका छन् । आमा ईश्वरीको शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र छोरी अस्मिताको बुधबार नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार च्याउ खाँदा ईश्वरीका श्रीमान् अजयको अवस्था चिन्ताजनक छ ।
प्रतिक्रिया