अमेरिकाको फ्लोरिडा राज्यमा मा डेंगुका थप ४ मामला विवरण प्राप्त भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । फ्लोरिडामा स्थानीय रूपमा प्राप्त डेंगुका थप ४ मामलाहरु जानकारमा आएको र भाइरस फैलिन जारी छ भनि एक स्वास्थ्य अधिकारीले जनाएका छन् ।
अधिकारीका अनुसार ब्रोवार्ड र मायामी-डेड काउन्टीहरूमा मामलासहरू फेला परेका छन्। सिडिसी अनुसार विश्वको लगभग आधा जनसंख्या डेंगुको जोखिम भएको क्षेत्रमा बसोबास गर्दछ। फ्लोरिडाका स्वास्थ्य अधिकारीहरूले डेंगुको बारेमा चेतावनी जारी गरिरहेका छन् किनभने बिषाणु (भाइरस )दक्षिण फ्लोरिडामा बढ्दै गएको छ।
मायामी-डेड काउन्टी र ब्रोवार्ड काउन्टीमा पहिलो पटक स्थानीय रूपमा प्राप्त डेंगुका चार मामलाहरू अगस्त ५ को सप्ताहान्त विवरण दिइएको थियो ।
“डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट फैलिन्छ र सामान्यतया फ्लोरिडामा पाइँदैन। तर, संक्रमित यात्रुहरूले यो भाइरसलाई फ्लोरिडाको लामखुट्टेमा फर्काउन सक्छन्,” फ्लोरिडा हेल्थ ब्रोवार्ड काउन्टीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
डेंगु भाइरस संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ। चार मध्ये एक जनामा दुईदेखि सात दिनसम्म लक्षणहरू देखा पर्छन्, तर लक्षणहरू सामान्यतया हल्का हुन्छन् र ज्वरो पनि आउछ । वाकवाकी; उल्टी; मांसपेशी, जोर्नी र हड्डी दुखाइ आदी यसका लक्षणहरु हुन् ।
प्रतिक्रिया