काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो राष्ट्रपति पौडेल भेट्न ओली शीतलनिवास पुगेका हुन् ।
भेटमा संसद्को गतिरोध अन्त्यलगायतका विषयमा छलफल भएको छ । एमालेले साउन १० गतेयता संसद् चल्न दिएको छैन ।
क्वीन्टल सुन प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय संसदीय छानबिन बनाउन माग गरेको छ । समिति नबनेसम्म संसद् नखुल्ने उसको चेतावनी छ ।
तर, सरकार पक्ष भने समिति बनाउन तयार छैन ।
प्रतिक्रिया