म्यासाचुसेट्स एक व्यक्तिले छिमेकी महिलालाई गोली हाने ,आफैंलाई गोली हाने

इनेप्लिज २०८० साउन ३१ गते ०:०२ मा प्रकाशित

अमेरिकाको म्यासाचुसेट्स राज्यका एक व्यक्तिले सोमबार आफ्नो छिमेकीको घरमा पसेर कथित रूपमा महिलाको हत्या गरे र आफ्ना नातिनातिनाहरूलाई घाइते बनाएर आफूलाई बन्दुकले गोली हानेर घाइते बनाएको प्रहरी अधिकारीहरूले बताए । अधिकारीहरूका अनुसार संदिग्धले जबरजस्ती आफ्नो छिमेकीको घरमा पसेका थिए ।

प्रहरी अधिकारीहरू सोमबार दिउँसो म्यासाचुसेट्सको स्प्रिंगफिल्डमा रहेको एक निवासमा गोली चलेको आवाजको जवाफ दिएपछि प्रहरीहरु त्यहाँ आइपुगेको ह्याम्पडेन जिल्ला न्यायाधिवक्ताको कार्यालयले मंगलबार एक छापा विज्ञप्तिमा उल्लेख गरेको छ ।

स्प्रिङफिल्ड प्रहरी विभागका अधिकारीहरूले भुइँमा ३४ वर्षीय भिक्टर निभ्सको शव र ५२ वर्षीय किम फेयरब्याङ्कको पनि फेला पारेको अधिकारीहरूले बताएका छन्।

अभियोजकहरूले निभ्सलाई संदिग्ध बन्दुकधारीको रूपमा पहिचान गरेको जनाएका छन् । प्रहरीले घर खोज्दा स्प्रिंगफिल्ड प्रहरीले तीन वटा बच्चाहरू क्रमस ५, १०र १२ बर्षलाई एउटा एउटा सुत्नेकोठामा फेला पारिएको ह्याम्पडेन जिल्ला अधिवक्ताको कार्यालयले जनाएको छ ।

दुई बालबालिकालाई गोली लागेर घाइते भएको अधिकारीहरूले बताएका छन्। १० वर्षीया बालिकालाई बोस्टन बाल अस्पतालमा उदग्र बिमान (हेलीकप्टर )बात लागिएको थियो

अर्की जबकि १२ वर्षीया बालिका बेस्टेट चिकित्सा केन्द्रमा स्थिर अवस्थामा रहेको ह्याम्पडेन अधिकारीहरूले भने। ५ वर्षीय बालकलाई शारीरिक चोट लागेको छैन भने तीन जना बालबालिका दाजुभाइ हुन् र फेयरबैङ्कका नातिनातिना हुन ।

स्प्रिंगफिल्ड प्रहरी र ह्याम्पडेन जिल्ला न्यायाधिवक्ताको कार्यालयले अनुसन्धान जारी राखेको छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया