काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझ ५ बजे सार्वजनिक गर्न तयारी गरेको छ । बोर्डले नतिजा सार्वजनिक गर्न साँझ ५ बजे बोर्ड बैठक बोलाएको छ ।
गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका अनुसार आज ५ बजे नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।
देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।
यसरी हेर्नुहोस् नतिजा
कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा https://neb.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ।
प्रतिक्रिया