अमेरिकाको जर्जिया राज्यको फुल्टन काउन्टी बृहत न्यायपिठद्वारा ट्रम्पको मुद्धामा १० वटा अभियोगहरू स्वीकृत

इनेप्लिज २०८० साउन ३० गते २:१९ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० मा जर्जिया राज्यको फुल्टन काउन्टीमा भएको निर्वाचनको नतिजा उल्टाउन गरेको हर्कत र उनका मानिसहरुले गरेका थुप्रै गतिविधिलाई लिएर अहिले बृहत न्यायपिठ(फुल्टन काउन्टी ग्रान्ड जूरी)ले ट्रम्प बिरुद्ध मुद्धामा १० अभियोगहरू स्वीकृत गरेका छन् ।

फुल्टन काउन्टी अदालतका क्लर्क चे अलेक्ज्याण्डरले उनको कार्यालयमा भेला भएका पत्रकारहरूलाई सोमबार राती बृहत न्यायपिठ (ग्रान्ड जूरी)बाट १० अभियोगहरू भएको पुष्टि गरे। कसलाई अभियोग लगाइएको हो भन्ने उनले बताइनन् ।

न्यायाधीश रोबर्ट म्याकबर्नीको अदालतमा हस्ताक्षर गर्ने कागजातहरू सहायक (क्लर्क)बाट प्राप्त गरे र उनले लिएका छन् ।

बृहत न्यायपिठ (ग्रान्ड जूरी) द्वारा अभियोगहरू हस्तान्तरण गर्नु अघि अलेक्ज्याण्डरले पत्रकारहरूलाई कुनै पनि अभियोगहरू खोल्न र जनतालाई उपलब्ध गराउनु अघि कुनै अभियोगहरू प्रक्रिया गर्न उनको कार्यालयलाई तीन घण्टा लाग्न सक्ने बताए ।

प्रतिक्रिया