बाइडेन प्रशासनले ८ लाख ऋणकर्ता विद्यार्थीको ऋण खारेज गर्न सुरु

इनेप्लिज २०८० साउन २९ गते २२:३८ मा प्रकाशित

बाइडेन प्रशासनले ८ लाख ऋणकर्ता विद्यार्थीको ऋण खारेज गर्न सुरु गरेको समाचार एबिसीन्यूजले प्रकाशित गरेको छ । सोमबारदेखि हजारौं संघीय ऋणकर्ता विद्यार्थीहरूले “तपाईको विद्यार्थी ऋणहरू माफ गरिएको छ” भन्ने विषयको साथ आफ्ना सेवाकर्ताहरूबाट बिधुतिय सन्देश (इमेल)हरू प्राप्त गर्नेछन भनि समाचारमा उल्लेख गरिएको छ ।

सूचनाहरू बाइडेन प्रशासनले ८,०४ ,००० ऋणकर्ताहरूका लागि ऋण खारेज गर्ने अर्थात् रद्द गर्ने पहिले घोषणा गरेको प्रयासहरूको एक हिस्साको रूपमा आउनेछ जुन उनीहरूको चुक्ता योजना अन्तर्गत राहतको लागि योग्य छन भनिएको छ ।

एबीसी न्यूजले विशेष रूपमा प्राप्त गरेको ऋणकर्ताहरूलाई पुष्टिकरण सूचनाहरूको प्रतिलिपि अनुसार बिधुतिय डाक (इमेल)हरू सोमबार बाहिर जान सुरु गर्न निर्धारित (सेट )गरिएको थियो।

८ लाख भन्दा बढी ऋणकर्ताहरूलाई आगामी हप्ताहरूमा केही राहतको बारेमा सूचित गरिनेछ । करिब ६ लाख १४ हजार व्यक्तिहरूले उनीहरूको सम्पूर्ण विद्यार्थी ऋण रद्द गर्ने अपेक्षा गरिएको छ ।

यो राहत आय-संचालित चुकौती (आइडिआर) योजनाहरूमा भर्ना भएकाहरूलाई लक्षित गरिएको छ। जसले योजनाको आधारमा २० वा २५ वर्षको लागि भुक्तानी गरिसकेपछि संघीय सरकारले विद्यार्थी ऋण माफ गर्न अनुमति दिन्छ भनि एबिसीन्यूजले लेखेको छ ।

प्रतिक्रिया