टोरण्टोमा साहित्यकार गोविन्द गिरी प्रेरणा सम्मानित 

इनेप्लिज २०८० साउन २८ गते २:२३ मा प्रकाशित

१२ अगस्त २०२३, टोरण्टो

नेपाली साहित्य समाज टोरण्टोको आयोजनामा साहित्यकार गोविन्द गिरी प्रेरणा लिखित पारिजातको जीवनी “सुश्री पारिजात” कोपरिचर्चा, कवि गोष्ठी तथा गोविन्द गिरी प्रेरणाको सम्मान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको शुरूमा गोविन्दसिंह रावतले गोविन्द गिरी प्रेरणाको साहित्यिक योगदानको चर्चा गर्दै तीसको दशकमा साहित्यिक सहचार्यतथा रंगमंचमा साथै प्रस्तुत भएको सम्झना गरे ।

त्यसपछि कविता वाचन गर्नेहरूमा प्रभा बस्नेत, अनुप न्यौपाने, श्रीराम सिं बस्नेत, राधा अर्याल, रविन्द्र लम्साल, युवराज भण्डारी, खेमगुरागाईं, पारू पाण्डे, मोहन खरेल, गोविन्दसिंह रावत, शोभा गुरागाईं रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार गोविन्द गिरी प्रेरणाले पारिजातको जीवनका विविध पाटाहरूको चर्चा गर्दै पारिजातको नेपालीसाहित्यमा योगदान बारे आफ्नो धारणा प्रस्तुत गरे । तत्पश्चात् प्रश्नोत्तर समेत भएको थियो । उनले आफ्ना कविता समेत प्रस्तुत गरेकाथिए ।

सो समारोहमा नेपाली साहित्य समाजको तर्फबाट गोविन्द गिरी प्रेरणालाई साहित्यमा पुर्याएको योगदानको कदर स्वरूप सम्मानपत्र-समेत अर्पण गरिएको थियो ।

प्रतिक्रिया