अमेरिकाका कृष्ण जीवि पन्थद्वारा एनआरएन अन्तर्राष्ट्रियको सचिव पदमा उम्मेवारी दिने घोषणा

इनेप्लिज २०८० साउन २७ गते १५:१४ मा प्रकाशित

अमेरिकाको मेरील्याण्ड बसोबास गर्दै आएका र २०२१-२०२३ का अमेरिकाका वरिष्ठ उपाध्य कृष्ण जीवि पन्थले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदमा सचिव पदमा उम्मेवारी दिने योजना बनाएको घोषणा गरेका छन ।

सामाजिक सॅजाल मेटा( फेसवुक- अनुहार किताव) मार्फत अमेरिकाको अगस्त १२,२०२३ का दिव अमेरिकी पूर्विय समय अनुसार करिव ९ बजे उनले उक्त जानकारी गराएका हुन । 

उनले आगामी २०२३-२०२५ का लागि सचिव पदमा उम्मेद्वारी दिएका हुन ।

सफल व्यवसायी ,परोपकारी र नि :स्वार्थ सहयोग गर्न नथाक्ने केवल समाज सेवामा मन गै रहने पन्थीले देश र परदेशलाई जोड्नको लागी नै मेरो उम्मेदवारी सचिव दिएको लेखेका छन ।

साथै उनले गैर आवासीय नेपाली सङ्घ, अमेरिकाको उपाध्यक्ष (२०१९/२१), वरिष्ठ उपाध्यक्ष (२०२१/२३) को जिम्मेवारीमा रहँदा संस्थाको आफ्नै भवन खरिद गर्दा संयोजक, वान एनसिसि वान च्यारिटी अन्तरगत संयोजक हुँदा सल्यानमा प्रसूति गृहको निर्माण, च्याप्टरलाई सशक्तिकरण गर्ने साथै यस अभियानमा युवा तथा महिलालाई प्रोत्साहन गर्ने लगायतका अन्य संस्थागत विकासका कार्यहरू सम्पन्न गरेको कुरा सबैलाई स्मरण गराएका छन ।

आगामी अक्टोबरमा हुने आइसिसी निर्वाचनमा सचिव पदमा मतदान गरी सहयोग गर्न  विश्वभर छरिएर बस्नु भएका सम्पूर्ण प्रतिनिधि( डेलीगेट) लाई समेत सामाजिक सॅजाल मार्फत आग्रह गरेका छन ।

प्रतिक्रिया