ग्लोबल नेपाली फिल्म अवार्ड समारोहको लागि नेपालबाट अन्तिममा नायक अनमोल केसी , कलाकार तथा माननिय मधु कुमार श्रेष्ठ लगायत न्यूयोर्क आई पुगे,समारोह खचाखच भिड हुने लक्षण

इनेप्लिज २०८० साउन २७ गते १३:५७ मा प्रकाशित

आज अगस्त १२ ,२०२४ का शनिबारका दिन न्यूयोर्क शहरमा आयोजना हुने ग्लोबल नेपाली फिल्म अवार्ड समारोह( विश्व नेपाली चलचित्र पुरस्कार )को लागि नेपालबाट अन्तिममा नायक अनमोल केसी , समारोहका बिशिष्ठ अतिथी बागमति प्रदेशका माननिय मधु कुमार श्रेष्ठ लगायत न्यूयोर्क आई पुगेका छन ।

ग्लोबल नेपाली फिल्म अवार्ड समारोहको लागि नेपालबाट अन्तिममा अनमोल केसी न्यूयोर्क आई पुगेका छन भने समारोह खचाखच तथा कलाकार र दर्शकहरुकौ घुइचो हुने लक्षण देखिएको छ।

कलाकारहरुलाई स्वागत गर्न ड्रिम्स युनिभर्सल एलएलसीका सभापति आतिथ्य आयोजकको तर्फबाट सैलेश श्रेष्ठ विमानस्थल पुगेका थिए । समारोहको तयारी पूरा भएको र सबैजनालाई ईनेप्लिज मार्फत चूलो निम्तो समेत श्रेष्ठले दिए ।

श्रेष्ठका अनुसार अव नेपालबाट सबै कलाकारहरु आई पुगेका र केही पूर्व आउने कलाकारहरु आउन नसक्ने भएको ईनेप्लिजलाई बताए ।

अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने कलाकारहरुको आउने क्रम जारी रहेको छ भने कार्यक्रम साझमा राखिएको छ ।

न्यूयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले समारोहको आतिथ्यता गर्ने छ भने यसका संचालक शैलेश श्रेष्ठ हुन् ।

‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैटौं संस्करण चर्चाको शिखरमा पुगेको छ ।

चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिँदै आएको यो समारोह बिगतमा अमेरिकाको कोलोराडो,क्यालिफोर्निया राज्यहरुमा सफलतापूर्वक सम्पन्न भै सकेका छन् ।

यो पुरस्कार समारोह न्युयोर्कको क्विन्स शहरको मेलरोज बलरुममा हुनेछ जहाँ हालसालै मिसनेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी )प्रतियोगिताको आयोजना भव्यताको साथ सम्पन्न भएको थियो ।

यस पटक यो समारोहमा शिव श्रेष्ठ, भुवन केसी,कृष्ण मल्ल, सुनिल थापा, शर्मिला मल्ल, प्रियंका कार्की, अनमोल केसी, सरोज खनाल ,दिलिप रायमाझी ,सुधासु जोशी ,रिचा घिमिरे ,जल शाह ,पुजा चन्द (लामा),अरुणिमा लम्साल , सारङ्गा श्रेष्ठ ,शंकर घिमिरे ,रेश्मा घिमिरेलगायतका सहभागिता हुनेछ । यस समारोहमा ५ दर्जन भन्दा बढी कलाकारहरुको जमघट हुनेछ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गर्नेछ । अवार्ड(पुरस्कार)का संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल हुन् भने ग्लोबल फिल्म अवार्ड(पुरस्कार)का अध्यक्ष नवराज श्रेष्ठ हुन् ।

यस समारोहका मुख्य प्रायोजकहरुमा एटिए एवरेस्ट इन्सुरेन्स (बिमा ) सँस्था तथा अल स्टेटका सुनिल पाठक रहेका छन् ।

यस पटक यो समारेहमा चार जना निशा पाठक, बिक्की पुलामी, प्रिया रानी लामा तथा सागरिका श्रेष्ठले कार्यक्रम सॅचालन गर्ने भएका छन ।

प्रतिक्रिया