काठमाडौ, नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन् ।
नेता डा. कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यकता रहेको तर्क गरे ।
उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औँल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए ।
नेता डा. कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानुनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि दोहोर्याए ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’ ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ । नेपालमा प्रचुर सम्भावना छ भन्छ । फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ ।
तर, के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ । दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ ।
अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ । नेपालमा प्रचुर सम्भावना छ भन्छ । फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ ।
उनले भने, ‘भ्रष्टाचार र सुशासन यो हामीहरुले आजैदेखि हामीहरूले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईँहरूको माझमा राख्न चाहन्छु । यो अत्यन्त गम्भीर विषय छ ।
अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ । नेपालमा प्रचुर सम्भावना छ भन्छ । फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ ।
तर, के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ । दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ ।
राजनीतिक स्थिरता नभई अप्ठ्यारो हुन्छ भनेर इन्द्र बानियाँजीले भन्नुभयो । राजनीतिक अस्थिरता छ भनेर भन्छ । यो एक हप्ता पहिलेको रिपोर्ट हो यो ।
तेस्रो, रिपोर्ट के भन्छ भने इन्कन्फिडेन्ट ब्युरोक्रेसी भन्छ । चौथोले के भन्छ भने कानुन यदि लचक बनाउँछौँ हामी त्यसमा कामै गर्न सकिँदैन भनेर भनिराखेको छ ।
यो चार वटा कुरालाई हामीहरूले सम्बोधन गर्न सक्यौं भने नेपालको भविष्य उज्ज्वल छ । समृद्ध नेपाल, समुन्नत नेपाल हामी बनाउन सक्छौँ ।’
नेता डा. कोइरालाले पार्टीको भातृ संस्थाहरू तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने समेत बताए ।
प्रतिक्रिया