प्रिमियर लिग आजदेखि, दुई च्याम्पियन सीटी र बर्नली भिड्दै

इनेप्लिज २०८० साउन २६ गते २:२० मा प्रकाशित

एजेन्सी, विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदैछ ।

पहिलो खेलमा दुई च्याम्पियन टोली म्यानचेष्टर सीटी र बर्नली भिड्दैछन् । सीटी प्रिमियर लिगको साविक विजेता हो भने बर्नली दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको हो ।

सिटीले बर्नलीको मैदानमा खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२ : ४५ बजे सुरु हुनेछ । खेल बर्नलीको मैदान टर्फ मुरमा हुनेछ ।

गत सिजन अधिकांश समय आर्सनलभन्दा पछि रहेको सीटीले अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो ।

अर्को संयोग के छ भने खेलाडीका रुपमा सिटीका १० मुख्य उपाधि जितेका बर्नलीका प्रशिक्षक भिनसेन्ट कोम्पनीका लागि प्रशिक्षकको रुपमा पहिलो खेल नै सिटीविरुद्ध हुँदैछ ।

लिगको पहिलो चरणमा शनिबार ६ खेल हुनेछ । जहाँ आर्सनलले नटिङहम फरेस्टसँग खेल्नेछ ।

यस्तै बर्नमाउथले वेष्टहमसँग, ब्राइटनले नवप्रवेशी लुटनसँग, एभरटनले फुलहमसँग र सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेससँग खेल्नेछ ।

आइतबार दुई ठूला क्लब चेल्सी र लिभरपुलबीच खेल हुनेछ भने ब्रेन्टफोर्ड रटोटनहम पनि भिड्नेछन् । सोमबार म्यानचेष्टर युनाइटेडले वल्भ्ससँग खेल्नेछ ।

प्रतिक्रिया