गोविन्द सुवेदीले अमेरिका क्षेत्रको उप संयोजकमा उम्मेदवारी दिने

इनेप्लिज २०८० साउन २६ गते २:१४ मा प्रकाशित

सन् २०१७—२०१९ को कार्यकालका लागि भर्जिनिया शाखाका अध्यक्ष रहेका र हाल नर्थ क्यारोलाइना सरेका अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का सदस्य गोविन्द सुवेदीले अमेरिका क्षेत्रको उप संयोजकमा उम्मेदवारी दिने भएका छन् ।

सन् २००८ देखी अमेरिकामा बस्दै आएका सुबेदी भर्जिनियामा हुँदा सक्रिय रुपमा समाजमा उल्लेखनीय भूमिका निर्वाह गरेका सुबेदी त्यस पछि पनि गैर आवासीय संघमा निरन्तरता दिई रहेका छन् । उनले बताए अनुसार उनका बुवा ३७ बर्ष सम्म सामाजिक क्षेत्रमा लागेकोले बुबाको प्रेरणाले नै सुवेदी सामाजीक कार्यमा लागेको बताउदछन ।

हाल उनि गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का सदस्य हुन् । एनआरएन आइसीसीको निर्वाचन आगामी अक्टोवरमा हुदैछ। एनआरएन अभियानमा उनी २०१५ देखि अनवरत रूपमा सक्रिय छन् ।

नर्थ क्यारोलाइनाका व्यवसायी तथा सामाजिक अभियन्ता सुबेदीको नेपाल घर तनहूँ जिल्लाको भिमाद नगरपालिका हो । सुवेदी २०१९ देखि नर्थ क्यारोलाइनामा व्यवसाय गर्दै आएका छन् । उनि २०२१—२०२३ को कार्यकालमा उनी एन.आर.एन. आइसीसीका निर्वाचित सदस्य हुन् ।

यसरी क्रमबद्ध र शाखाबाटै तल्लो स्तरबाटै एनआरएन अभियानमा आफू लागेकोले सदैव साथीभाईहरुको समर्थन र सहयोग पाउदै निर्वाचित हुन् सफल भएकोमा यस पटक पनि मेरो अमेरिका क्षेत्रको उप संयोजक पदमा मलाई निर्वाचित गराउनु हुन्छ भन्ने विश्वास गरेको उनले ईनेप्लिजलाई बताए ।

उनले इनेप्लिज मार्फत सबै सदस्यहरुलाई मैले बिगत देखि हाल सम्म अभियानमा खेलेको भूमिकालाई मुल्यांकन गर्नु हुनेछ भन्ने कुरामा आफू ढुक्क रहेको र आफुलाई सहयोग र समर्थन आउने बताए ।

प्रतिक्रिया