मेरिल्याण्डमा गौरा पर्व -२०२३ मनाइदै

इनेप्लिज २०८० साउन २६ गते १:३२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा गौरा पर्व -२०२३ मनाईने भएको छ । सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डले उक्त पर्वको आयोजना गर्दैछ भने कार्यक्रमको मुख्य आकर्षण देउडा खेल,भुवा नाच ,हुडकेली ,धामी नाच आदि रहने दमन बिक्रम शाहले ईनेप्लिजलाई बताए ।

पर्व आगामी अगस्त २७ आइतबारका दिन बिहान १२ बजे देखि साँझ ७ बजे सम्म संचालन हुनेछ । आयोजकले दिएको जानकारी अनुसार गौरा पर्व मेडोपार्क क्षेत्रीय उद्यान (मेडोपार्क रिजनल पार्क )मा हुनेछ ।

बिस्तृत जानकारी लिन सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डका पदाधिकारीहरु संग सम्पर्क गर्न सकिने छन् ।

प्रतिक्रिया