दोश्रो बार्षिक दशैँ तिहार खसी कप

इनेप्लिज २०८० साउन २६ गते २:३३ मा प्रकाशित

भर्जिनिया ।सेप्टम्बर १० र ११ मा DMV DASHAIN TIHAR KHASI CUP 2023 (राउण्ड लिग नकआउट ) फुटबल प्रतियोगिता हुन् गइरहेको कुरा आयोजक मिलन गोर्खाली र गणेश पाण्डेले इनेप्लिज लाई बताए ।

प्रतियोगिता तयारी पनि सुरु भैसकेको र टोली दर्ता यही अगष्ट २५ तारीख सम्म खुल्ला रहने कुरा आयोजक द्वयले बताए ।थप रुपमा आयोजकले $ 500 टोकनको टोलि प्रवेस शुल्क लागु हुने जानकारी दिए ।

गत बर्षको मिशन भनेको फुटबल प्रतियोगिताभर नेपाली चाड दशैं र तिहार मनाउने थियो र लगभग ३०० डि एम भि खेलाडीहरु क्लबहरु बाट पहिलो दशैं तिहार कपमा संग्लन थिए र यो पूर्ण रुपमा $3000 अन्तर्गत कुनै आर्थिक सहयोग र कुनै राजनितिक उमेद्वार संग्लग्न नभएको थियो । यो कार्यक्रम सफल बनाउन प्रत्येक टोलीबाट $ 250 संकलन गरिने छ ।

यस डि एम भिमा नया खेलाडी तथा क्लबहरुको आगमन भएसंगै यो बर्ष नया ब्यबस्थापनको साथ काम गरिनेछ । यो प्रतियोगितामा ट्रफी जित्नको लागी दुइ बिधा छन् ।

पहिलो समूहबाट छनौट गरिएको टोलीले पहिलो,दोश्रो,तेश्रो र चौथो स्थानको लागी लडन सक्छ र “मिनी कप” जित्ने दोश्रो मौका छ ।

पहिलो पटक “उत्कृस्ट किपर,MVP र उत्कृस्ट खेलाडी” को लागी मनोनित कोटीहरुका खेलाडीलाई $ 100 दिइने छ ।भाग्यशाली दर्शकहरुले “र्याफल प्रतियोगिता मार्फत 55 ” एलसिडी टिभी जित्ने मौका पाउछन्

प्रतिक्रिया