एनआरएन एनसिसि अमेरिकाका नवनिर्वाचित मित्रहरू प्रतिकेही सुझाव

इनेप्लिज २०८० साउन २४ गते १८:३६ मा प्रकाशित

परशुराम भण्डारी !

निर्वाचित मित्रहरु !

धेरै भन्दा धेरै फेसबुकमा आफ्नो तस्बिरहरु राखेर वा राख्न लगाएर अत्याधिक लाईक र कमेन्टको भोको नवन्नुहोस ।आफू विजयी बनिरहँदा तपाईंको प्रतिस्पर्धीको भावनामा आउने कुनै पनि क्रियाकलाप नगर्नु होला विजयले अहंकार जन्म छ भने पराजयले नैराश्यता । अहिले तपाईले प्राप्त गरेको मत भन्दा कम मत प्राप्त गर्ने तपाईंको प्रतिस्पर्धी तपाईं भन्दा कमजोर भएर मत्रै पराजय भएको होइन ।

संख्याको खेल पनि तपाईं विजयी बनिरहँदा तपाईं निश्चित अवधिको लागि नीति नियम बनाउने ठाउँमा गइरहदा तपाईंका प्रतिस्पर्धी निर्णय कार्यान्वयन गर्ने ठाउँमा रहनुहोला । तपाईं बिजयी बने केही समयको लागि नेता पराजय भने सबैको अभियन्ता । विजेताको निश्चित अवधि हुन्छ तर अभियन्ता सधैंका लागि नेता बन्छ गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद र यस अन्तर्गत रहेका राज्य स्तरका निकायमा काम गर्नका लागि उम्मेदवार बन्ने मित्रहरु कुनै पारिश्रमिक लिने पदमा नभई विभिन्न ठाउँमा जानु भएको छ मैले उहाँहरुलाई सम्मान गरौ सम्मान गर्न नसके पनि कसैको अपमान भने नगरौं च्याप्टर अध्यक्षहरूलाई सदस्यता ड्राइभको संयोजक बनाऔ ।

क्षेत्रीय संयोजकहरूले रेकर्ड राखी लक्ष्य निर्धारण गर्दा जिम्मेवारी दिन त्यो अनुसार काम नभएमा त्यसको बारेमा तुरुन्त बैठक राख्न पाउँदैन भन्ने सोचबाट बाहिर निस्कन सबै लक्षण एनआरएनको सन्दर्भमा सदस्य बनिरहँदा कहिल्यै पनि कसैलाई नेपालको कुनै पनि राजनैतिक दलको आधारमा नहेरौँ

एनआरएनको सदस्य बनाउनका लागि स्थानीय सामुदायिक केन्द्रहरूसंग सहकार्य गरेर त्यस्ता संस्थाको सदस्य बन्दा कि सदस्यहरु एन आर एन को स्वतः सदस्य बन्ने अभियान सुरु गरौ जस्तो कि तपाई हामी रहेका विभिन्न राज्यमा स्थानीयस्तरमा सामुदायिक केन्द्रहरु मन्दिरहरू छन् ।

उहाँहरुलाई एनआरएनको सदस्य बनाउने जस्तो कि तपाई रहेको यस ठाउँमा रहेको सामाजिक संस्थामा आजीवन सदस्य बन्नको लागि एक हजार डलरको आवश्यक पर्छ भने उहाँलाई एक हजार सदस्य डलरको सदस्य बनेर सदस्य बनाइरहँदा यो परिवारका दुई जना श्रीमान श्रीमतीलाई एनआरएनको साधारण सदस्य बनाउने सुविधा प्रदान गरौ त्यसले गर्दा उहाँको एनआरएनप्रतिको सम्बन्ध पनि गहिरो हुन्छ एनआरएनको स्थानीय सामाजिक संस्था सँग को सम्बन्ध पनि गहिरो हुन्छ ।

त्यसैगरी एनआरएनले नै स्थापना गरेको everest federal credit union को ko acount खोल्दा स्वतः एनआरएनको सदस्य बन्न सक्ने व्यवस्था गरौ। यसको लागि एउटा निश्चित व्यवस्थाको लागि एन आर एन ए र everest federal credit union को बीचमा सम्झौता गरौं ।

एनआरएन एनसीसीले च्याप्टरलाई त्यो राज्यमा दर्ता भएका गैरनाफामूलक सामाजिक संस्थानहरु सँग एमओयू गर्न अनुमति दियौं एनआरएनको भ्यालु create गर्ने काम गरौ। एनआरएनको सदस्य लागि आपतकालीन अवस्था सहयोग गर्ने खालका गुरुप ट्रम इन्सुरेन्सको व्यवस्था गरौं सामान्यतया महिनामा निश्चित रकम सानो रकम राखेर group इन्सुरेन्स गर्नसकियो भने आपत्कालीन अवस्थामा त्यसले गर्जो टार्न सक्छ नेपाली नेपालीहरुमाझ छरिएर रहेको पूँजीलाई एकिकृत गरी सामुहिकरुपमा सानाठूला व्यापार व्यवसाय गर्न सकिने किसिमका चेतनामूलक कार्यक्रमहरु पनि गरौं एनआरएनले विगतका वर्षहरुमा गरेका विज्ञ सम्मेलन तथा dream big जस्ता कार्यक्रमहरु संचालन गरौं । हरेक कलेज र स्कुल मा रहेका नेपाली मूलका विद्यार्थीहरूका बीचमा अन्तर प्रतिस्पर्धा गराउँ।

अमेरिकामा अघोषितरुपमा go fund ले न्यून आय भएका मानिसहरुलाई ठूलो मार पारेको छ त्यस्ता गो फण्ड को बिकल्प खोज्नु पर्ने हुन्छ ।

एन आर एन का सदस्यहरु र अभियन्ताहरुको बोलीमा नम्रता शालिनता र सहनशीलता हुनैपर्छ । एन आर एनको माध्यमबाट सक्नेले नेपालमा लगानी गर्न चाहनेहरुका लागि उपयुक्त वातावरण पनि बनाउन सक्छ ।

नेपाल सरकारले प्रवासमा रहेका नेपालीहरुका लागि डलर एकाउन्ट खोल्ने सुविधा दिएको छ , त्यसलाई अत्यधिक एनआरएनका सदस्यहरु सहभागी बनाऊ र एकाउन्ट खोल्नका लागि प्रोत्साहित गरौं एन आर एन नागरिकलाई स्वीकार गर्दै नागरिकताको निरन्तरता अभियानलाई अगाडि बढाउन नेपाल सरकारसँग दबाबमूलक कार्यक्रम अगाडि बढाउँनु एन आर एन को सदस्यता २४ महिनामध्ये २२ महिना खुला राखौं ।

पहिलो निर्वाचन भएको मितिले एक महिनापछि र निर्वाचन हुनुभन्दा एक महिना अगाडिसम्म एनआरएनको सदस्यता नविकरण अभियान गर्ने । एन आर एन को हेड अफिस हरेक सोमबार देखि शुक्रबार सम्म पाँचै दिन खोलौं ।

एनआरएन अभियन्ता परशुराम भण्डारी

प्रतिक्रिया