हेटीमा अपहरणमा परेका अमेरिकी स्वास्थ्य परिचारिका र छोरी रिहा

इनेप्लिज २०८० साउन २४ गते १६:५४ मा प्रकाशित

हेटीमा अपहरणमा परेका अमेरिकी स्वास्थ्य परिचारिका ( नर्स) एलिक्स डोर्सेनभिल र छोरीलाई रिहा गरिएको ईसाई समूहले बताएका छन ।

गत महिना हैटीमा अपहरणमा परेका थिए । रिहा भएको एल रोई गैर-नाफामुखी क्रिश्चियन मन्त्रालयले बुधबार बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

न्यु ह्याम्शरकी एलिक्स डोर्सेनभिल एल रोई हेटीका लागि काम गरिरहेकी थिइन् ।

उनी र उनकी कान्छी छोरीलाई जुलाईको अन्त्यमा पक्राउ गरिएको थियो ।उनी समूहका संस्थापक स्यान्ड्रो डोर्सेनभिलकी पत्नी हुन्।

प्रतिक्रिया