भर्जिनियाका एक बाल रोग विशेषज्ञ चिकित्सकलाई बच्चाको परीक्षाको क्रममा आमालाई यौन दुर्व्यवहार गरेको आरोप,तेस्रो नागरिक मुद्दा

इनेप्लिज २०८० साउन २४ गते ११:२१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यका एक बाल रोग विशेषज्ञलाई बच्चाको परीक्षाको क्रममा आमालाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ।

चिकित्सक डा. मार्टिन सेथ फोरमनलाई पहिले यौन दुर्व्यवहारको नागरिक मुद्दामा दुई महिला बिरामीहरूले आरोप लगाएका थिए ।

साथै चिकित्सकले दुई किशोरी बिरामीहरूले चिकित्सा परीक्षणको क्रममा उनीहरूलाई यौन दुर्व्यवहार गरेको नागरिक मुद्दामा आरोप लगाएका छन । यस पटक आमाले आफ्नो बच्चालाई समातेर चिकित्सलले उनलाई कुटपिट गरेको बताइन्।

यो घटना जनवरी २७ मा भर्जिनियाको ल्यान्सडाउनमा उनको निजी अभ्यास( प्राइभेट क्लिनिक )मा घटेको एनबिसीन्यूजले समाचार लेखेको छ ।

शुक्रबार परेको उजुरीका अनुसार चिकित्सक फोरमनले वादीको खुट्टा थिचेर बच्चाको कान जाँच्ने क्रममा यौन दुर्ब्यबहार आमालाई गरेका थिए ।

७० वर्षीय संचालक समिति (बोर्ड) प्रमाणित बाल रोग विशेषज्ञ फोरम्यानलाई चित्कित्सा जाँच गर्दा महिलाको शिकार गरेको आरोप लगाइएको यो तेस्रो नागरिक मुद्दा हो। अदालतको कागजमा नाम नखुलेकी आमाले चिकित्सक माथि यौन आक्रमणको आरोप लगाएकी छिन् र २० लाख डलर क्षतिपूर्ति मागेकी छिन् ।

प्रतिक्रिया