साउदी शान्ति वार्तामा भाग लिएपछि बेइजिङले मस्कोलाई युक्रेन युद्धमा “निष्पक्ष” रहने आश्वासन दिएको छ ।
चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले आफ्ना रुसी समकक्षीलाई बेइजिङ युक्रेनको युद्धमा “निष्पक्ष” रहने बताए । एक दिन पछि एक चिनियाँ प्रतिनिधिमण्डलले कीव समावेश गरेको द्वन्द्व अन्त्य गर्ने अन्तर्राष्ट्रिय वार्तामा भाग लिएको थियो।
सोमबार भएको कुराकानीमा वाङले रुसी विदेशमन्त्री सर्गेई लाभरोभलाई चीन र रुस “विश्वसनीय र भरपर्दो असल मित्र र साझेदारहरू” भएको कुरामा जोड दिए।
“युक्रेन संकटमा, चीनले स्वतन्त्र र निष्पक्ष अडान कायम राख्नेछ, वस्तुनिष्ठ र तर्कसंगत आवाज उठाउनेछ, शान्ति वार्तालाई सक्रिय रूपमा बढावा दिनेछ र कुनै पनि अन्तर्राष्ट्रिय बहुपक्षीय अवसरमा राजनीतिक समाधान खोज्ने प्रयास गर्नेछ,” चीनको विदेश मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा वाङले भने।
साउदी अरेबियाले आयोजना गरेको दुई दिने वार्तापछि यो कुराकानी भएको हो, जहाँ युक्रेनका प्रमुख सहयोगी संयुक्त राज्य अमेरिका, बेलायत र जर्मनीलगायत भारत र मध्यपूर्वका धेरै राष्ट्रहरूसहित झण्डै ४० राष्ट्रहरूले द्वन्द्वको समाधानबारे छलफल गर्न भेला भएका थिए।
आधिकारिक साउदी संचार माध्यमका अनुसार समूहले “शान्तिको लागि मार्ग प्रशस्त गर्ने साझा आधार” खोज्न अन्तर्राष्ट्रिय वार्ताको महत्त्वमा सहमति जनाएको थियो ।
लाभरोभले युक्रेन संकटको राजनीतिक समाधानको लागि चीनले खेलेको रचनात्मक भूमिकाको प्रशंसा र स्वागत गर्ने सिएनएनले जनाएको छ ।
प्रतिक्रिया