भर्जिनिया च्याप्टर अध्यक्ष पदका उपविजेता बिजय बगालेको एनआरएन र एनआरएनए प्रतिको समिक्षा

इनेप्लिज २०८० साउन १९ गते २३:२६ मा प्रकाशित

एनआरएनए निर्वाचन सेरोफेरो, अमेरिकामा भएको चुनाव भए पनि झल्को नेपालकै चुनावको जस्तो थियो । एनआरएनएको कसैले मुक्त कण्ठले प्रशंसा गरे त कसैले निन्दा पनि गरे । कसैले गम्भीर समीक्षा गरेको भने देखिएन ।

अधिकाशं राज्यहरु बाट राज्यकमिटी साथै एनसिसि र आईसिसि मा उम्मेदवार बनेका बिजेता वा उपविजेता कुनै,कोही भन्दा कम थिएन् । सबैले नेपालमा जस्तै आ-आफ्ना कार्ययोजनाहरु सार्वजनिक गरेका थिए । बिजेता साथीहरुले पक्कै पनि उपविजेता साथीहरुले उठाएका एजेन्डाहरुलाई आफ्नै एजेन्डा समंझिएर कार्यन्वयन गर्ने छन । कसैलाई पनि दायाँ-बायाँको समंझिने छैन्न,भन्ने आशा गर्न सकिन्छ । निर्वाचन पक्कै पनि निकै कस्सा-कस्सी कै बिचमा भएको पाईयो । नेपालकै राजनौतिक शैलीमा कुन पार्टीको? कसको नजिकको? र कुन आस्थाबाट आएको भन्ने केही मानिसहरुले निकै केलाएरै मतदान गरे । त केहिले अल्लिक फराकिलो ढङ्ग बाट हामी सबै नेपाली प्रदेशमा एउटै परिवार भनेर ठूलो छाती देखाएरै मतदान गरे ।

यस्ता कुरा गर्दै गर्दा, समीक्षकहरुबाट के सम्म पनि आयो भने, यही शैलीको निर्वाचन र प्रयोग रहॅंदै गयो भने आउॅंदा वर्षहरुमा उमेदवार समेत नपाउॅंने जिक्किर समेत गरिरहेका छन । नेपालमा नेपाली कंग्रेसको राजनिति गरेर आएको भए उक्त उमेदवार को Profile अल्लिक high भएको र अन्य पार्टीको समर्थक वा राजनिति गरेर आएको लाई अल्लिक यो चुनाव धौ-धौ जस्तो भने प्रस्ट देखिन्थ्यो । त्यति हुदाहुदै पनि क्रमभङ्ग र छलाङ भने यो चुनावको नतिजाले देखाई नै सकेको छ । कसैले भने ‘होइन यो त बाहना’ हो । चाहना र बाहनाबीच हानथाप नै भएको भने देखियो ।

अब बिजेता कसैलाई पनि बिगतका कुराहरु मा रुमलिएर बस्ने,काम केही नगर्ने, मञ्च पायो कि नर्धारित समय भन्दा तानेरै भए पनि गफ दिने अधिकार भने छैन । एनआरएन प्रतिको पब्लिक सेन्टिमेन्टलाई वास्ता नगरी पुरानै पाराबाट चल्ने हो भने, यस बाट मेम्बर r बढ्ने भन्ने कत्ति पनि देखिदैन । आशा गरौ, पुरानो शैलीको अन्तय गर्दै नयाँ सिराबाट अगाडी बढ्नेछ ।

चुनावका बेलामा धेरैको प्रश्न थियो । एनआरएनए अमेरिकाको सदस्य बनेर के फाईदा हुन्छ ? ११ अक्टोबर २००३ बाट एनआरएन अभियान सुरु भएको हो। बिशेष रुपमा नागरिताको निरन्तरता, नेपालमा लगानी भित्राउने, नेपालको पर्यटनलाई पर्यटन प्रवर्द्धन गर्ने, लगायतका उद्देश्य सहित यो अभियान सुरुवात भएको हो । यस बिचमा विदेशको नागरिता वा स्थाई बसोबास अनुमति पत्र लिएर बस्ने नेपाली मुलुकका नागरिकहरुको अधिकारी के हुने ? सम्पति के हुने ? नेपालमा लगानी कसरी गर्न सक्ने ? नागरिताको निरन्तरता हुने वा नहुने? यस्ता धेरै प्रश्नहरु थिए । त्यसको लागी यस अभियानको अथक प्रयास पछि व्यवस्थापिका-संसदले गैर आवासीय नेपाली सम्बन्धी ऐन, भने जारी गर्यो । जसले अभियानका धेरै बिषयबस्तुहरुलाई सम्बोधन भने गर्यो । तर मेरो भने बंशजको आधारमा नागरिक्ता लिएकाको नागरिक्ता यथावत रहनुप्रर्छ भन्ने हो ।

एनआरएन अभियान, कर्मभुमिमा नेपाली पहिचान, परोपकारी काम, समुदायको चासो र आवश्यकता लगायतको क्षेत्रका लागी केही गर्न पर्छ, भन्ने भित्र बाट आउने अभिमतले यसमा लाग्न प्रेरित गर्छ, भन्ने मात्र हो । यहाँ पाउने भनेको अरु केही हैन, मात्र आत्मा सन्तुष्टि हो ।

यो, अभियानका केही कमजोरी अवस्य छन, तिनलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेमा सबैको ध्यान जान आवश्यक छ ।

जय एनआरएन

प्रतिक्रिया