बाल यौन दुर्व्यवहारको मुद्दामा मेरिल्याण्डका पूर्व युवा अमेरिकी फुटबल(भकुण्डो )प्रशिक्षकलाई ४० वर्षको झ्यालखाना सजाय

इनेप्लिज २०८० साउन १९ गते १०:५५ मा प्रकाशित

बाल यौन दुर्व्यवहारको मुद्दामा मेरिल्याण्डका पूर्व युवा अमेरिकी फुटबल(भकुण्डो )प्रशिक्षकलाई ४० वर्षको झ्यालखाना सजाय सुनाईएको छ ।

अमेरिकी एक जिल्ला अदालतका न्यायाधीशले एक पूर्व युवा तथा उच्च माध्यमिक बिद्यालयका अमेरिकी फुटबल(भकुण्डो) प्रशिक्षकलाई उनले प्रशिक्षण दिएका दुई नाबालिगहरूलाई यौन दुर्व्यवहार गरेको र अङ्कियदृश्य (भिडियो)मा दुर्व्यवहारको दस्तावेजीकरण(डकुमेन्टिंग) गरेको आरोपमा ४० वर्षको झ्यालखाना सजाय सुनाएका छन ।

५३ वर्षीय मोसे माइकल इमेलले युवा फुटबल (भकुण्डो)कार्यक्रममा उनीहरुलाई यौन दुर्ब्यबहारलाई निरन्तरता दिएको पीडितले अनुसन्धानकर्तालाई बताएका थिए । इमेलले दुर्व्यवहारको स्पष्ट अङ्कियदृश्य (भिडियो) बनाएको स्वीकार गरे।

इमेल क्याल्भर्ट काउन्टी हाई स्कूल(उच्च माध्यमिक)मा सहायक फुटबल प्रशिक्षक थिए। उनले अन्य बिद्यालयमा एक दशक भन्दा बढी समयसम्म प्रशिक्षण दिएका थिए । र ,उनि २०१६ देखि क्याल्भर्ट काउन्टीको उत्तरी उच्च माध्यमिक बिद्यालयमा स्वयम्सेवक कनिष्ठ विश्वविद्यालय प्रशिक्षक थिए।

इमेल मार्च २०२१ मा पक्राउ परेका थिए । उनले अन्य तीनवटा मुद्दामा पनि नाबालिगहरूलाई यौन दुर्व्यवहार गरेको स्वीकार गरेका थिए । उक्त निवेदनमा उनलाई शुक्रबार सजाय तोकिएको छ ।

प्रतिक्रिया