अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरको आयोजनामा २१० औं भानुजयन्ती कार्यक्रम आयोजना गरिएको छ । आइतवार ६ अगस्ट मा हुने उक्त कार्यक्रममा भानुभक्तको जीवनी र कृतित्वको परिचर्चा गरिनुको साथै सृजना वाचन कार्यक्रम गरिने संस्थाका महासचिव नीलकण्ठ सुवेदीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बालबालिकालाई नेपाली भाषा साहित्य प्रति आकर्षित गर्न र दोस्रो पुस्तामा नेपाली भाषा पुस्तान्तरण गर्न सहज हुने हेतुले बाल सृजना वाचनका लागि अमेरिका र अन्य मुलुकमा बसेर नेपाली भाषा र साहित्यमा रुचि राख्ने बालबालिकाहरूलाई स्थान दिइने छ । साथै भानुभक्तले नेपाली नेपाली बीच गरेको भाषिक र सांस्कृतिक एकीकरणको विषयमा चर्चा गरिने छ । यसका लागि डीसी मेट्रो कमिटीले तयारी गरेको छ ।
कार्यक्रमले भानुभक्तको सम्झना गराउनुको साथै भाषिक एवम् सांस्कृतिक रूपमा संपूर्ण नेपालीहरू एक हौं र एक रहिरहने छौं भन्ने भाव जगाउन सहयोग गर्ने संस्थाका उपाध्यक्ष सुनिता खत्रीको दावी छ ।
सामाजिक एकत्व र सहभाव वर्तमानको टड्कारो आवश्यकता रहेकाले यस्ता सृजनात्मक व्यक्तित्वहरूको स्मरण र मूल्याङ्कनले समाजमा सहअस्तित्व कायम गर्न सहज हुने र बाल सहभागिताले नेपाली भाषाको पुस्तान्तरणमा खास अर्थ राख्ने
संस्थाका उपाध्यक्ष कवीन्द्र सिटौलाको भनाइ छ ।
कार्यक्रम नेपाली साहित्यमा रुचि राख्ने अमेरिका, नेपाल र अन्य देशमा रहेका सृजनकर्मी, समाजसेवी र शैक्षिक व्यक्तित्वहरूको सहभागिता रहने गरी अन्तिम तयारीमा रहेको संस्थाका सदस्य जगन्नाथ पौडेलले जानकारी दिनुभएको छ । कार्यक्रममा सहभागी हुन भाषासाहित्यमा रुचि राख्नु हुने सबैका लागि आह्वान पनि गरिएको छ ।
कार्यक्रम:
मिति :~ ६ अगष्ट २०२३ आइतवार
समय :~ साँझ ५:०० बजे
माध्यम : जुम
Join Zoom Meeting
Meeting ID: 648 923 4425
Passcode: 2020
–जगन्नााथ पौडेल
प्रतिक्रिया