विराटनगर, १७ साउन । कोशी प्रदेशका नवनियुक्त्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथागोपनीयताको सपथ लिनु भएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नियुक्त्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।
यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम नवनियुक्त्त मन्त्रीत्रय आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतम, खानेपानी, सिँचाई तथा उर्जा मन्त्री प्रदीपकुमार सुनुवार, र भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुलाई कार्यविभाजन सहित प्रदेश प्रमुख खापुङ्गले सोही समारोहमा पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।
प्रतिक्रिया