अमेरिकी मेगा मिलियन्स चिट्ठा मॅगलवार पनि कसैलाई परेन ,महाभाग्यशाली बिजेताले १.२५बिलियन डलर जित्ने

इनेप्लिज २०८० साउन १७ गते १४:०७ मा प्रकाशित

गत मॅगलवार अगस्त १ का दिन खोलिएको अमेरिकी मेगा मिलियन्स चिट्ठा कसैलाई नपरे पछि अबको महाभाग्यशालीले १.२५ बिलियन डलर जित्ने छन ।

गत मॅगलवाल खोलिएको चिट्ठाका सबै ६ वटा अंकहरु मिलाउन नसके पछि १.०१ मिलियन राशीबाट वृद्धि भै १.२५ बिलियन डलर पुगेको हो ।

गत मॅगलवार चिट्ठाको विजयी संख्याहरू ८,२४,३०,४५ ,६१ सेतो भकुण्डो र रातो भकुण्डो (रेड बल )१२रहेको थियो ।

अब यो चिट्ठा अगस्त ४ शुक्रवारका दिन चिट्ठा खुल्ने छ ।मेगा मिलियन्सको इतिहासमा यो चौथो-ठूलो पुरस्कार हुने मेगामिलियन व्यवथापनले एक समाचार विज्ञप्तिमा जनाएको छ ।

अप्रिल १८ देखि २० पटक चिट्ठा खुल्दा पनि वटा मेगा मिलियन्स चिट्ठा कसैले पनि हात पार्न सकेको छैन । मंगलबार खुल्ने १.०५ बिलियनको चिट्ठा नगद लिन चाहेमा व्यक्तिले ६२५.३ मिलियन एक मुष्ट प्राप्त गर्न सक्नेछन् । या २९ बर्ष सम्म मासिक रुपमा रकम लिन सक्नेछन् ।

पेन्सिल्भेनियामा बेचेको एउटा टिकटले पहिलो पाँच नम्बरहरू र

सन् २०१८ मा साउथ क्यारोलाइनामा आज सम्मको सबै भन्दा शीर्ष मेगा मिलियन्स चिट्ठा १.५३७ बिलियन डलरको चिट्ठा एक भाग्यशालीले प्राप्त गरेका थिए ।

त्यसपछि जनवरीमा मेनमा १.३४८ बिलियन डलर र गत जुलाईमा १.३३७ बिलियन डलरको पुरस्कार भाग्यशाली बिजेताले हात परेका थिए ।

मेगा मिलियन्सको सूचीमा शीर्ष ४ मा रहेको २०२१ मा मिशिगनमा बेचेको टिकटले १.५ बिलियन डलर जितेको थियो । केही समय अघि लस एन्जलसमा एक व्यक्तिले १ बिलियन डलरको पावरबल चिट्ठा जितेका थिए ।

प्रतिक्रिया