मनासस भर्जिनियामा तीज तथा श्रावण मेला हुदै

इनेप्लिज २०८० साउन १६ गते १७:०१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको नेपालीहरुको बाक्लो वस्ति भएको शहर मनाससमा तीज तथा श्रावण मेला हुने भएको छ ।

हाल श्रावण चलिरहेको र नेपाली महिला तथा दिदीबहिनीहरुको महान पर्व तीजलाई लक्ष्रित गर्दै तीज तथा श्रावण मेला लगाउन लागिएको आयोजकले ईनेप्लिजलाई बताए ।

उक्त मेलामा महिला दिदीबहिनीहरुका लागि सस्तो र उचित मूल्यमा साडी( फरिया) कूर्ता सुरुवाल, गरगहना लगायत महिलाहरुलाई चाहिने थुप्रै तयारी पोशाकहरु समेत प्रदर्शन गरिने भएकोले सवैलाई आई दिन हुन आग्रह गरिएको छ ।

साथै पुरुषहरुका वस्त्रहरु पनि पाईने छन भने यो मेलाको आयोजना लिजा व्यूटी तथा फेसन हवले आयोजना गर्ने छ ।

बिस्तृत जानकारी लिन यो माथिको धव्जा( व्यानर ) हेर्न समेत आयोजकले आह्वान गरेका छन ।

बिहान ११ बजे देखि साझ ७ बजे सम्म आगामी आईतवार अगस्त ६ ,२०२३ का दिन मेला हुनेछ ।

प्रतिक्रिया