कोलोराडोको लङमन्टमा स्थानीय सरकार तथा संस्थाकोहरूको सहयोगमा नेपाली जात्रा सम्पन्न

नातिबाबु भट्ट २०८० साउन १६ गते २:११ मा प्रकाशित


जुलाइ ३१,२०२३
कोलोराडो, अमेरीका,

नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्टमा स्थानीय सरकार तथा स्थानीय संघ संस्थाहरूको सहयोग तथा समन्वयमा नेपाली जात्रा कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय सुनन्दा डंगोलको नेतृत्व तथा कोलोराडोमा कृयाशिल नेवाःखल, नेप्लिज स्टूडेण्ट एसोसियसन, शेर्पा एसोसियसन कोलोराडो, तमुपेलु लगायत बिभिन्न नेपाली संघ संस्थाहरुको बिशेष प्रस्तुतीमा आइतबार दिउसो १ बजे देखि ४ बजेसम्म लङमन्ट म्यूजियम तथा कल्चर सेन्टरमा जात्रा सम्पन्न भएको हो ।

लङमन्ट सिटीका मेयर जोन पेकले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य दिएपछि जात्रा सुरु गरिएको थियो । जात्रामा लाखे, कुमारी, धीमेबाजा, बसन्त धुन, मालसीरी धुन जस्ता धुनहरु, कौडा नाच, तमाङसेलो, बिभिन्न नेपाली गीत संगीतमा बाल बालिका र यूवा यूवतीले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी बिभिन्न जातजातीको पहिरहनमा फेसन सो, बिभिन्न कलाकारहरुबाट गीत गाउने , नेपाली चाड तिहारबारे बृस्तित जानाकारी र अन्य बिभिन्न समुदायबाट आ–आफ्नो पहिचाहन झल्कने सांस्कतिक कार्यक्रमहरू प्रर्दशन गरिएको थियो ।

यहाका स्थानीय अमेरीकी समुदायका मानिस तथा स्थानिय सरकारलाई लक्षित गरी कार्यक्रम तयार परिएको थियो । जसमा हामी को हौं, काहांबाट आयौ, हाम्रा सांस्कृतिक चाल चलन के कस्ता छन् भन्ने जानाकारी गराउन कार्यक्रम आयोजना गरिएको थियो । सबै दर्शकहरुलाई निशुल्क प्रवेश भएकोले कार्यक्रमको हल खचाखच भरिएको थियो । जसबाट हाम्रो परीचय संगै थोरै भएपनि नेपाली भाषा संस्कृतीको संरक्षण तथा पहिचाहनमा टेवापुगेको सुनन्दा डंगाले बताएकी छिन् ।

कार्यक्रममा बाल बालिका तथा यूवा यूवतीहरुको बाक्लो उपस्थिती रहेको थियो । यसरी यहीं जन्मे हुर्केका यहीको सहन सहनमा भिजेकाहरुले नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन सकृयता पूर्वक अगाडी सर्नुनै कार्यक्रमको महत्वपूर्ण पक्ष हो । यहां रहेका अधिकांश संघ संस्थाले धेरै अगाडी देखि उठाउदै आएको पुस्तान्तरण मुद्दा यसरी नै बाल बालिका तथा यूवा यूवतीहरुलाई सकृय रुपमा सहभागीता गराएमा केहीहद सम्म समाधान हुने देखिन्छ । कार्यक्रम निशा पाठकले कुशलता पुर्वक संचालन गरेकी थिईन ।

स्थानीय आदिवासी धेरै कम भएको अमेरीकामा संसार भरीका मानिसहरुको बसोबास रहेको छ । बिभिन्न देशका मानिसहरु आउंदा उनिहरुको भाषा संस्कृती संगै आएको हुन्छ । त्यस्ता भाषा संस्कृतीको जगेर्ना गर्न यहाका हरेक सिटीले कार्यक्रम बनाएको हुन्छ । त्यस्ता कार्यक्रमहरु सिटीसंग समन्वय गरी उनीहरुका माझ यस्तै कार्यक्रम देखाउदै जान सकेमात्र हाम्रो पहिचाहन गराउन सकिन्छ ।

लङमन्टमा गतबर्ष देखि यस्तो किसिमको नेपालीजात्रा कार्यक्रम आयोजना गर्न थालिएको हो ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया