भर्जिनियामा दिदीबहिनीद्वारा आयोजित विमेन डे आउट कार्यक्रम भब्य रुपमा सम्पन्न

इनेप्लिज २०८० साउन १५ गते ११:२० मा प्रकाशित

भर्जिनिया! अमेरिकाको इतिहासमै भर्जिनियामा पहिलो पटक करीव ४५० जना जति नेपाली दिदीबहिनीहरु भेला भएर स्थानीय वेष्टर्न होटलमा विमेन डे आउट कार्यक्रम आयोजना गरे।

यो कार्यक्रमको उद्देश्य नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याकको मन्दिर र भवनको लागि सहयोग जुटाउने, महिला दिदी बहिनीहरुलाई सशक्तिकरणमा सहयोग पुर्याउने, तालीम प्रदान गर्ने, ब्यवसायिक कामको लागि सूचना आदानप्रदान गर्ने, शिक्षा, चाइल्ड केयर लगायतका कुरामा छलफल गर्दै नाचगान, प्यारोडीहरु समेत गरेर रमाइलो गरेका थिए !

कार्यक्रममा पुरुष दाजुभाईहरुलाई सहभागी गराइएको थिएन । महिलाहरुले मात्र पनि केही गर्न सक्छन भन्ने कुरालाई महिला दिदीबहिनीहरुको यस भेलाले प्रष्ट पारेको छ ।

अव दिदी बहिनीहरुले भावी दिनमा सवै येजनाहरु बनाउंदै काम गर्ने र कम्तीमा वर्षमा एक पटक यस किसिमका कार्यक्रम आयोजना गर्ने कुरा आयोजकहरु कमला खरेल, विना खड्का लामा, सुनिता सुवेदी, आरती पराजुली सिग्देल र सीता खरेल लुइटेलले बताए ।

प्रतिक्रिया