नर्थ क्यारोलाइनामा ६ जना आप्रवासीहरूलाई गाडीले ठक्कर दिई चालक गाडी सहित फरार

इनेप्लिज २०८० साउन १५ गते ११:१० मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा ६ जना आप्रवासीहरूलाई गाडीले ठक्कर दिई चालक गाडी सहित फरार भएका छन् । प्रहरीका अनुसार एसयुभी जातको गाडीमा सवार भएका चालकले वालमार्टको पार्किङ (सवारी साधन अड्डा )स्थलमा ६ आप्रवासी कामदारलाई ठक्कर दिई फरार भएका छन् ।

नर्थ क्यारोलाइनाको लिंकनटनमा जानाजानी ठक्कर दिई भागेको (हिट एण्ड रन )देखिएको प्रहरीले बताए । उक्त दुर्घटनामा छ जना आप्रवासी कामदारहरु घाइते भएको प्रहरी आइतवार बताएको सिबिएसन्यूजले जनाएको छ ।

आप्रवासीहरूलाई दिउँसो १:१७ बजेतिर वालमार्ट बाहिर एउटा कालो एसयूभी(गाडी)ले ठक्कर दिएको लिंकनटन प्रहरी विभागले जानकारी दिएको छ। उनीहरुलाई स्थानीय अस्पतालमा लगिएको थियो र उनीहरुलाई कुनै पनि गम्भीर चोटपटक नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले तत्काल सवारी साधन र चालकलाई चिन्न नसकेको जनाएको छ । प्रहरीका अनुसार उक्त व्यक्ति वृद्ध स्वेत पुरुष भएको बताईएको छ । घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया