एएनए का अध्यक्ष खगेन्द्र अधिकारी द्वारा एनआरएनए अमेरिकाको १२ औं बार्षिक साधारण सभाको सफलताको लागि शुभकामना ब्यक्त

इनेप्लिज २०८० साउन १४ गते २३:४३ मा प्रकाशित
This image has an empty alt attribute; its file name is ana-900x538.jpg

एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए) का वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीले एनआरएनए अमेरिकाको १२ औं बार्षिक साधारण सभाको सफलताको लागि शुभकामना दिएका छन् ।

अमेरिकाको शिकागोमा हुदै गरेको सभालाई उनले सभापति बुद्धि सुबेदी,सभाका संयोजक बाला घिमिरे तथा नव निर्वाचित अध्यक्ष डा.अर्जुन बन्जाडे (बिधा वारिधि) लगायत अभियानमा लागेका सबैलाई ईनेप्लिज मार्फत शुभकामना दिएका छन ।

निमन्त्रणा गरिएता पनि आफू भौतिक रुपमा उपस्थिति हुन नसकेको जनाएका छन । अध्यक्ष अधिकारीले एनआरएनए एनसिसी अमेरिकाको शिकागोमा हुँदै गरेको १२ औं बार्षिक साधारण सभा उपलब्धिमुलक र सफलतापूर्वक सम्पन्न होस भन्दै शुभकामना दिएका छन ।

साथ-साथै सामाजिक सेवाको संवेदनशील र मर्मस्पर्शी सोचमा हामीहरु आपसमा सकारात्मक रुपमा सहकार्य गर्न सक्षम हुँनेछौं भन्ने बिस्वास लागेको सन्देशमा उल्लेख गरेका छन् ।

साथै उनले संस्था र आफ्नो व्यक्तिगत रुपमा साथै एएनए का अध्यक्षको नाताले उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।

प्रतिक्रिया