एनआरएनए नाइजेरियाको नवौ बार्षिक साधारणसभा सम्पन्न ,अध्यक्षमा सोमेश अर्याल निर्वाचित

इनेप्लिज २०८० साउन १४ गते १५:२५ मा प्रकाशित

लेगोस, नाइजेरिया ।गैरआवासिय नेपाली संघ नाइजेरियाको नवौ बार्षिक साधारणसभा नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ ।

साधारणसभाले सोमेश अर्याललाई अध्यक्ष र बिश्वास पौडेललाई आइसिसी सदस्यमा सर्वसम्मतले चयन गरेको छ ।

त्यसै गरि उपाध्यक्षमा उर्मिला रोका, अभिषेकमान सिंह,
शंकर बर्मा र अन्जु खरेल ( महिला उपाध्यक्ष ) , महासचिवमा भरत रिजाल , सचिवमा तुलसीराम भण्डारी ,कोषाध्यक्षमा खुश्बु घिमिरे , युवा संयोजकमा बिष्णु गिरी, महिला संयोजकमा निक्की गुप्ता र प्रवक्तामा कृष्ण गिरी चयन भएका छन ।

त्यसैगरी सदस्यमा मधु गुरुङ , मन्टुराम चौधरी , बिरेन्द्र बस्नेत र भिम थापा निर्वाचित भएका छन ।

यसै गरि संघको प्रमुख संरक्षकमा हिक्मत थापा रसल्लाहकारहरुमा संजिव क्षेत्री , चिरञ्जीवी रोका , बिदुर घिमिरे , बिरेन्द्र गुप्ता र मन थापालाई साधारणसभाले मनोनयन गरेको छ ।

संघका अन्तर्राष्ट्रिय समितिका पुर्व कोषाध्यक्ष हिक्मत थापा प्रमुख अतिथी रहनुभएको साधारणसभामा पुर्व अध्यक्ष संजिव क्षेत्रीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । संघका अध्यक्ष बिरेन्द्र गुप्ताको सभापतित्वमा संचालन भएको सभाको संचालन बिश्वाश पौडेलले गर्नु भएको थियो ।

साधारणसभाले एनआरएनएको ब्लड बस परियोजना अंतरगत पुर्वान्चल ब्लड बस परियोजनालाई रु एक लाख सहयोग पठाउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया