महिला विश्वकप लात्तेभकुण्डो प्रतियोगितामा कोलम्बियाले दुई पटकको विश्व बिजेता जर्मनीलाई हरायो

इनेप्लिज २०८० साउन १४ गते १३:२० मा प्रकाशित

महिला विश्वकप लात्तेभकुण्डो प्रतियोगितामा कोलम्बियाले दावेदार जर्मनीलाई पराजित गरेको छ । कोलम्बियाले आइतवार दुई पटकको विश्व च्याम्पियन(बिजेता) जर्मनीलाई २-१ ले हराएको छ ।

अन्तिम क्षणमा गोल गर्दै महिला विश्वकप महिला लात्तेभकुण्डो प्रतियोगितामा अप्रत्यासित रुपमा जर्मनीलाई हराउदै सबैलाई चकित बनाई दिएको छ ।

कोलम्बियाले ८९औं मिनेटमा पेनाल्टी(दण्ड प्रहार ) १ गोल र अन्तिम क्षणमा १ गोल गरेको थियो । आधिकारिक रूपमा ९७ औं मिनेटमा गरेको गोलले कोलम्बियालाई अहिलेसम्मकै सबैभन्दा ठूलो जित दिलाएको छ ।

सन् १९९५ पछि जर्मनीलाई विश्वकपको समूह चरणमा पहिलो पराजय दिलाउन कोलम्बिया सफल भएको छ । महिला लात्ते भकुण्डो वरियताक्रममा २५ औ रहेको कोलम्बियाले वरियता क्रममै दोस्रो स्थानमा रहेको जर्मनीको टोलीलाई नराम्रो संग हराई दिएको छ

प्रतिक्रिया