मेरिल्याण्डमा अमेरिकन सोसाइटी अफ नेपालिज इन्जिनियर्सको १६ औ बार्षिक सम्मेलन सुरु, कार्यक्रम चल्दै

इनेप्लिज २०८० साउन १३ गते १८:०० मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्डमा दुई दिन आज र भोली जुलाई २९-३० मा आयोजना गरिएको अमेरिकन सोसाइटी अफ नेपालिज इन्जिनियर्सको १६ औ बार्षिक सम्मेलन सुरु भएको छ ।

आज साझ सम्म बिभिन्न कार्यक्रमहरु धमाधम सॅचालन भै रहेका छन भने समुदघाटन कार्यक्रम छोटो रुपमा प्रस्तुत गर्दै बिभिन्न अतिथीहरुले शुभकामना सहित महत्वपूर्ण कुराहरु राखेका थिए ।

उदघाटन कार्यक्रममा डिसी शाखाका सागर खडकाले स्वागत मन्तव्य राखेका थिए भने सम्मेलन सॅयोजक राजु जोशीले सम्मेलन बारे प्रकाश पारेका थिए ।

यसै गरि प्राविधिक कार्यक्रमको बारेमा प्रविधी सभापति उपेन्द्र पौडेलले जानकारी गराएका थिए भने सॅस्थाका अध्यक्ष सूर्य थापाले सॅस्थाको उद्धेश्य र गरेका गतिबिधी बारेमा बोलेका थिए ।

त्यस्तै औपचारिक कार्यक्रममा पूर्व अध्यक्ष ठाकूर ढकालले सॅस्थाले गरेका कार्यको साथै उपलव्धीहरुका बारे चर्चा गरेका थिए ।

बेलायतबाट आएका सोनी युकेका पूर्व अध्यक्ष घनश्याम पौडेलले सॅस्थाको परिचयको साथै एएसएनईन्जीनियर्ससॅग सहकार्यका बारेमा बोलेका थिए ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथी रहेका नेपाली दूतावासका उप नियोग प्रमुख कुमार खरेल, मेरील्याण्डका नेपाली सॅासद डा ह्यारी भण्डारी( विधा वारिधि)ले शुभकामना सहित मन्तव्य राखेका थिए ।

आजै सॅस्थामा योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

औपचारिक कार्यक्रम समापन सॅगै प्राविधिक सत्र सुरु भएको छ भने दिवा भोजन पछि पनि बाकि रहेका प्रस्तोताहरुले कार्यपत्रहरु प्रस्तुत गर्नेछन ।

साझ पख सॅास्कृतिक कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया