दोश्रो बाना कप लात्ते भकुण्डो (सकर)प्रतियोगिता जुलाई २९ -३० दुई दिन हुने ,बाना र नेपाली राजदुतावास बीच मैत्रीपूर्ण खेल हुदै

इनेप्लिज २०८० साउन १२ गते २३:४९ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)ले यस बर्ष पनि दोश्रो बाना कप लात्ते भकुण्डो प्रतियोगिताको आयोजना गर्ने क्रममा तयारी पुरा भएको जनाएको छ ।

अध्यक्ष सुबोध पन्तले दुई दिने कार्यक्रमको तयारी पूरा भएको र यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई यसै मार्फत चूलो निम्तो दिएका छन् । प्रतियोगिता जुलाई २९ शनिबारका दि बिहान ८ बजे नै समुद्घाटन हुने बताए।

यसैगरी जुलाई ३० का दिन बाना र नेपाली दुतावास बीच मैत्रीपूर्ण खेल समेतको आयोजना हुने भएको छ । यो बर्ष समेत बाना र नेपाली दुतावास बीच तेश्रो पटक मैत्रीपूर्ण खेल खेल्न लागिएको हो ।

दोश्रो बाना कप भकुण्डो प्रतियोगितामा वुडलन एफसी, बाल्टिमोर एथलेटिक कल्ब ,लम्जुङ्ग सोसाइटी एफसी,हार्डफोर्ड युनियन ब्वाइज एफएसी ,नेप्रिकन वारियर्स एफसी , हिमालय युनाइटेड एफ सी ,फारवेस्टर्न एफसी ,गोर्खाली एफसी तथा मेरिल्याण्ड स्पार्टनस् एफसी भकुण्डो टोलीहरुको सहभागीता हुनेछ ।

प्रतियोगिता मेरिल्याण्डको ओविङ्ग्स मिल्स नर्थवेस्ट रिजनल पार्क(क्षेत्रीय उद्यान)मा हुनेछ ।

Northwest Regional Park, (4515 Deer Park Rd, Owings Mills, MD 21117)

प्रतिक्रिया