रुसको रक्षा मन्त्रालयले शुक्रबार बिहान मस्कोबाहिर युक्रेनी मानवरहित यान (ड्रोन )खसालिएको बताएको छ । यो महिना राजधानी क्षेत्रमा भएको तेस्रो मानवरहित यान (ड्रोन) हमला वा प्रयास हो।
बिहानको घटनामा कुनै पनि मानवीय तथा अन्य कुनै क्षति नभएको मन्त्रालयले जनाएको छ । मानवरहित युद्धयानलाई कहाँ खसालियो भन्ने बारे विवरण दिइएको छैन भनि एबिसीन्यूजले जनाएको छ । तर यो मस्को ओब्लास्टमा भएको बताईएको छ ।
सोमबार दुई मानवरहित यान (ड्रोन)ले रूसी राजधानीमा आक्रमण गरे, ती मध्ये एउटा क्रेमलिनबाट लगभग तीन किलोमिटर (दुई माईल) मास्को नदीको किनारमा रक्षा मन्त्रालयको मुख्यालय नजिकै शहरको बीचमा खसेका थिए ।
अर्को मानवरहित यानले मस्कोको दक्षिणी भागमा रहेको एउटा कार्यालयको भवनमा ठक्कर दिँदा धेरै माथिल्लो तलाहरू खसेको थियो।
जुलाई ४ मा भएको अर्को आक्रमणमा रुसी सेनाले चारवटा मानवरहित यानलाई मस्कोको बाहिरी भागमा हवाई प्रतिरक्षाद्वारा खसालेको दाबी गरेको छ ।
युक्रेनी राष्ट्रपति कार्यालयले शुक्रबार डोनेट्स्क क्षेत्रमा रुसी आक्रमणमा कम्तिमा एक नागरिकको मृत्यु भएको छ र अन्य तीन जना घाइते भएको बताएको छ । जहाँ १० समुदायका आवासीय क्षेत्रमा गोलाबारी गरिएको थियो। कार्यालयले खार्किभ क्षेत्रको नोवोसोनोभ गाउँमा गोली प्रहारबाट पाँच सर्वसाधारण र खेरसोन क्षेत्रमा गोली प्रहारबाट एक जना घाइते भएको जनाएको छ ।
निकोपोल शहर, जापोरिझिया आणविक उर्जा केन्द्रबाट नदीको छेउमा पाँच पटक गोलाबारी गरिएको कार्यालयले जनाएको छ ।
युक्रेनी सेनाले आफ्नो सेनाले डोनेट्स्क क्षेत्रको स्टारोमायोर्स्के गाउँलाई नियन्त्रणमा लिएको सिएनएनले जनाएको छ।
प्रतिक्रिया