अमेरिकाको क्यालिफोर्नियामा आगो लाग्दै गरेको गाडीबाट फेडेक्सका चालकले मानिसलाई यसरी बचाए

इनेप्लिज २०८० साउन १२ गते १०:५५ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा आगो लाग्दै गरेको गाडीबाट फेडेक्सका चालकले गाडी (कार)भित्र रहेका चालकलाई राजमार्गमा तानेर बचाएका छन् । उनले जलिरहेको गाडीमा मानिसलाई बचाउन मद्धत गरे र भने ‘मैले जे गरे मैले सोचे कसैले गर्नेछ’ ।

दुर्घटना बुधबार बिहान क्यालिफोर्नियाको एक राजमार्गमा भएको थियो । चालकलाई क्यालिफोर्निया राजमार्गमा उनको जलिरहेको कार(गाडी )बाट सुरक्षित क्षेत्रमा तानेका थिए ।

फेडेक्सका जोनाथन रोहरबाच चालक आफ्नो रातभरीको पालोको आधा बाटोमा थिए । बुधवार बिहान दक्षिणी क्यालिफोर्निया राजमार्गमा उनले सडकको छेउमा आगो लागेको कार देखे । रोहरबाचले आफू पहिलो मद्धत गर्ने व्यक्ति भएको तुरुन्तै महसुस गरे । त्यहाँ चालक अझै जलिरहेको गाडी भित्र थिए।

अन्तरराज्य १५ मा दक्षिणतर्फ जाँदै गरेको टोयोटा सवारी साधन बिहान ३ बजेको केही समय अगाडि दुर्घटनामा परेको क्यालिफोर्निया राजमार्ग गस्तीले बताए।

रोहरबाचले आगोमा परि रहेका मानिसलाई गाडी पूर्ण रूपमा जल्नु अघि घाइते चालकलाई जलिरहेको सवारी साधनबाट तान्न मद्दत गरे। “मैले ताने, मेरो मालबाहक गाडी (ट्रक)मा मेरो भ्रमणध्वनि (फोन) र आगो निभाउने उपकरण लिए र कारमा फर्किएँ,” रोहरबाचले स्थानीय संचार माध्यमलाई भने ।

दुर्घटना पछि स्यान डिएगो एबिसी सम्बद्ध केजीटिभीले कैद गरेको अङ्कियदृश्य तथा तस्बिरहरु एबिसीन्यूजले प्रकाशित गरेको छ । उनी बाचे ,भाग्यमानी हुन ,उनले भने । दमकल आईपुग्दा कार पूर्ण रूपमा आगोमा डुबेको रोहरबाचले भने। २८ वर्षीय पीडित गम्भीर अवस्थामा रहेका छन् हाल उनलाई क्षेत्रीय अस्पतालमा लगिएको छ ।

उनको अवस्था स्थिर रहेको क्यालिफोर्निया राजमार्गका गस्ती टोलीले बताए । दुर्घटनाको कारण अनुसन्धान जारी छ।

तस्बिर कृतज्ञता : केजीटिभी

प्रतिक्रिया