भर्जिनियाको फेयरफ्याक्समा छोराले आफ्नै आमालाई गोली प्रहार, स्वयमलाई गोली प्रहार : प्रहरी

इनेप्लिज २०८० साउन १२ गते १:३३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा छोराले आफ्नै आमालाई गोली प्रहार गरेको डब्लुजेएलए(एबिसी७)ले समाचार लेखेको छ । प्रहरीका अनुसार उनले आफैलाई पनि स्वयम् गोली प्रहार गरेका छन् ।

छोराले आफ्नै आमालाई गोली हानेपछि घरेलु सम्बन्धमा भएको घटनामा फेयरफ्याक्स काउन्टी प्रहरीले अनुसन्धान गरिरहेको छ। घटना भर्जिनिया कै सेभेन कर्नर भन्ने स्थानको छिमेकको अर्लिङ्टन ब्लुभर्ड(मुख्य पथ)को ६००० भवन स्मुह (ब्लक)मा रहेको वुडलेक टावर्स अपार्टमेन्ट (आवासगृह)भवनमा भएको हो।

आमा र छोरा दुवैलाई उपचारका लागि इलाका अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समुदायको लागि कुनै खतरा नभएको जनाईएको छ ।

प्रतिक्रिया