रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले अफ्रिकामा युक्रेनी अन्न आपूर्ति प्रतिस्थापन गर्न सक्ने र आगामी केही महिनामा रुसले छ वटा अफ्रिकी राष्ट्रहरूलाई नि:शुल्क अन्न पठाउने घोषणा गरेका छन ।
उनले सम्बोधनको क्रममा हाम्रो देशले युक्रेनी अन्नलाई व्यावसायिक रूपमा र अति आवश्यक अफ्रिकी देशहरूलाई नि: शुल्क सहायताको रूपमा बदल्न सक्षम रहेको बताए ।
यसबाहेक यस वर्ष हामी फेरि किर्तिमानी फसलको अपेक्षा गर्छौं भन्दै पुटिनले सेन्ट पिटर्सबर्गमा आर्थिक र मानवीय मन्चमा उक्त घोषणा गरेका हुन ।
आगामी ३-४ महिनामा हामी बुर्किना फासो, जिम्बाब्वे, माली, सोमालिया, मध्य अफ्रिकी गणतन्त्र र इरिट्रियालाई २५-५० हजार टन अन्न सित्तैमा उपलब्ध गराउन तयार हुनेछौं, उनले भने ।
पुटिनले अफ्रिकी नेताहरूलाई हामी उपभोक्ताहरूलाई यी उत्पादनहरूको निःशुल्क प्रदान गर्नेछौं भनि विश्वास दिलाए ।
पुटिनले रुस र अफ्रिकी देशले कृषि, ऊर्जा, विज्ञान र शिक्षाका क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउने पनि बताए ।
प्रतिक्रिया