एनआरएनए भर्जिनिया च्याप्टरमा उपविजेता बन्न पुगेका बिजय बगाले आफ्नो सामाजिक संजाल भित्तामा यस्तो लेखे :

इनेप्लिज २०८० साउन १० गते २२:४९ मा प्रकाशित

एनआरएनए भर्जिनिया च्याप्टरलाई अगाडी बढाउॅंन बिभिन्न योजनाहरु सहित नेतृत्व गर्छु भन्दै म मैदानमा उत्रिएको थिए, खेलको नियमले मलाई नेतृत्व गर्ने अवसर प्राप्त नभए पनि म यसै मैदानमा तपाईहरुसॅंगै रहने वचनबद्धता प्रर्कट गर्छु ।

चुनाव भनेको एउटा खेल जस्तै हो । प्रजातान्त्रिक प्रकृयामा मत परिणाको कदर गर्दै, खेलको नियममा म उपविजेता बन्न पुगेको र मेरा मित्र बिशाल कार्की जी बिजेता बन्न पुग्नुभएको छ । तपाई लगायत बिजेता सबै साथीहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु । र ,म यो नतिजा लाई सहर्ष स्वीकार्दै समूदाय प्रति अझै उत्तरदायी बन्ने प्रण गर्दछु ।

मलाई यो प्रकृयामा सदैव साथ-समर्थन र मत दिनुहुने तपाई समपूर्ण प्रति सबैव कृतज्ञ छु । समूदायमा आई पर्ने जुनकुनै अवस्थाहरुमा पनि म सरिक रहनेछु ।

धन्यवाद, नमस्कार
बिजय बगाले

प्रतिक्रिया