तामाङ्ग समाज ग्रेटर वाशिंगटनद्वारा धर्म चक्र प्रवर्तन दिवसको अवसरमा धर्म गुरु खेम्पो सर्वजित तामांगद्वारा ४ आर्य सत्य बारेमा धर्म प्रवचन

इनेप्लिज २०८० साउन १० गते १:१६ मा प्रकाशित

तामाङ्ग समाज ग्रेटर वाशिंगटनले धर्म चक्र प्रवर्तन दिवसको अवसरमा धर्म गुरु खेम्पो सर्वजित तामांगले ४ आर्य सत्य बारेमा धर्म प्रवचन दिनु भयो । साथै श्रद्धेय टुल्कु लोसङ्ग नाम्गेल रिम्पुचेले मेडिसिन बुद्धको अभिषेक प्रदान गर्नु भएको थियो ।

सम्पूर्ण जगत प्राणीहरुका हितका लागि पनि प्रार्थना गरिएको थियो । कार्यक्रममा भव्यताका साथ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा यस क्षेत्रका विभिन्न अतिथि तथा समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम गत जुलाई २२ शनिबारका दिन सम्पन्न भएको थियो भने कार्यक्रम १ बजे देखि साँझ ६:०० बजे सम्म संचालन भएको थियो । कार्यक्रम भर्जिनियाको फेयरफ्याक्स स्थित ड्रीकुङ्ग धर्म सूर्य बुद्ध मन्दिरमा आयोजना गरिएको थियो

प्रतिक्रिया