चिनियाँ सैन्य बिमानचालकहरूलाई तालिम दिएको आरोपमा पूर्व अमेरिकी नौसेनालाई अमेरिकामा सुपुर्दगी गर्ने बिषयमा अस्ट्रेलियामा बहस

इनेप्लिज २०८० साउन ९ गते ११:१९ मा प्रकाशित

चिनियाँ सैन्य बिमानचालकहरूलाई तालिम दिएको आरोपमा पूर्व अमेरिकी नौसेनालाई अमेरिकामा सुपुर्दगी गर्ने बिषयमा अस्ट्रेलियाका वकिलहरूले बहस गरि रहेका छन् ।

पूर्व नौसेना ड्यानियल डुग्गनले एक पटक संयुक्त राज्य अमेरिकाको लागि ह्यारियर बिमानहरू युमा, एरिजोनामा स्क्वाड्रन २१४ को भागको रूपमा अन्तर्राष्ट्रिय लक्ष्य (मिसन)हरूको क्रममा उडान र अवतरण गरेका थिए ।

सिएनएनका अनुसार यो २० वर्ष अघिको कुरा भएको जनाएको छ । तर सेवा छोडेपछिको उनको गतिविधि अहिले अमेरिकी अभियोगको विषय बनेको छ जसमा उनले चिनियाँ बिमान चालकहरूलाई विमान वाहकहरूमा विमानहरू अवतरण गर्ने तरिका सिकाउन आफ्नो विशेषज्ञ सीप प्रयोग गरेको आरोप लगाइएको छ। तर उनले यसलाई अस्वीकार गरेका छन् । उनलाई अन्य आरोप समेत लगाईएको छ ।

गत अक्टोबरदेखि ५४ वर्षीय डुग्गनलाई क्षेत्रीय अष्ट्रेलियाको अधिकतम सुरक्षाको कारागारमा राखिएको छ किनभने उनका वकिलहरूले अष्ट्रेलियाका महान्यायाधिवक्ताले अनुमोदन गरेको सुपुर्दगी आदेश बिरुद्ध संघर्ष गरि रहेको सिएनएनले जनाएको छ ।

लिथगो सुधार केन्द्रबाट डग्गनले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) लाई उनी “दुःस्वप्न बाँचिरहेको ” “अभियोगलाई पूर्ण रूपमा अस्वीकार गर्दछु,” भनि बताएका छन्

प्रतिक्रिया