अमेरिकाको साउथ डकोटाका नगर प्रमुखद्वारा जुलाई २३ ,२०२३ लाई मेलिना राई दिवसको रूपमा मनाउने घोषणा

इनेप्लिज २०८० साउन ८ गते २३:४१ मा प्रकाशित

अमेरिकाको साउथ डकोटाका नगर प्रमुखले जुलाई २३ ,२०२३ लाई मेलिना राई दिवसको रूपमा मनाउने घोषणा गरेका छन् । हाल अमेरिका विभिन्न शहरहरुमा एकल प्रस्तुति सांगीतिक कार्यक्रममा सहभागी हुदै गर्दा अमेरिकाको साउथ डकोटाका नगर प्रमुख पल टेनहेकेनले उक्त घोषणा गरेका हुन् ।

सु-फल्स साउथ डकोटाका नगर प्रमुख (मेयर)ले जुलाई २३ ,२०२३ लाई मेलिना राई दिवसको रूपमा मनाउने घोषणा गरेको प्रमाणपत्र हस्तान्तरण मुख्य उप निरीक्षकले मेलिना राईलाई गरेका थिए ।

यो मेलिना राई पहिलो अमेरिका प्रस्तुति यात्रा २०२३ (फर्स्ट यूएस टुर २०२३ )अन्तर्गत साउथ डकोटामा पहिलो प्रस्तुति रहेको थियो । यो कार्यक्रम केटिएमइ ईन्टरटेनमेन्टले आयोजना गरेको हो ।

मेलिना राईको कार्यक्रमहरु अमेरिकाका विभिन्न राज्यहरुमा अझै १४ वटा प्रस्तुतिहरु रहेका छन् । अर्को प्रस्तुति जुलाई २८ मा न्यू ह्यामसरमा र त्यसपछि जुलाई २९ मा न्यूयोर्क प्रस्तुति रहने छ । यस्तै थुप्रै राज्यहरुमा कार्यक्रमहरु रहने छन ।

प्रस्तुति भै सकेका कार्यक्रममा अत्यधिक सफलता हासिल गरेको आयोजकका तर्फबाट रोकेश गुरुङले ईनेप्लिजलाई बताए।

रोकेश गुरुङ (केटीएमई इन्टरटेनमेन्टका संस्थापक/प्रमुख कार्यकारी अधिकारी -सीईओ) हुन् । उनीसँगै यात्रा व्यवस्थापक (टुरिङ म्यानेजर)का रूपमा यात्रा गरि रहेका छन् भने उनि गायक र उत्कृष्ठ गितार बजाउछन ।

प्रतिक्रिया